इजरायल युद्धमा १० नेपालीले ज्यान गुमाए (नामासहित)

काठमाडौं । इजरायलमा भएको युद्धमा १० जना नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा सबै त्यहाँ अध्ययनरत सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थी हुन् ।

इजरायलस्थित दूतावासका प्रथम सचिव अर्जुन घिमिरेका अनुसार शनिबार भएको हमास आक्रमणमा परी १० जना नेपालीले ज्यान गुमाएका हुन् ।

सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि गएका विद्यार्थीहरू आक्रमणमा परेका थिए। किवुज अलुमिनमा रहेका १७ जना विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको हो।

सोही फार्ममा रहेका विद्यार्थीमध्ये अन्य ६ जनाको उपचार भइरहेको छ भने एकजना बेपत्ता छन्।

गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा पुगेका उनीहरु सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका विद्यार्थी हुन्।

यी हुन मृतकहरूः
१) नारायण प्रसाद न्यौपाने, कैलाली, घोडाघोडी–४
२) गणेश कुमार नेपाली, बझाङ, जयपृथ्वी–६
३) आशिष चौधरी, कैलाली, बौनिया–३
४) दिपेश राज विष्ट, दार्चुला, लेकम–५
५) आनन्द साह, धनुषा, सपही–६
६) राजेश कुमार स्वर्णकार, सुनसरी, मधुवन–१
७) राजन फुलारा, डोटी, पचनली–३
८) पदम थापा, डोटी, लामिखाल–८
९) प्रवेश भण्डारी, सल्यान, शारदा–३
१०) लोकेन्द्र सिं धामी, दार्चुला, मालिकार्जुन–४

हमासको आक्रमणमा परी अहिलेसम्म ६०० जनाभन्दा धेरैको मृत्यु भएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार