ठोक कमरेड (कविता)

प्रेम गायक
वर्षाउ कमरेड पार्टीको
हेडक्वाटरमा बम।
साॅच्चै तिमीमा छ भने
एकमुठी शाहस र दम।
सामन्तको नाईके पनि
यहि बुढो हो।
क्रान्ति बिरोधि
टाउके पनि यहि बुढो हो।
क्रान्तिको वाधक
यहि बुढो हो।
जनयुद्धको बिरुद्ध आगो ओकल्ने
पनि यहि बुढो हो।
मौका मौकामा घरमा
झाडु लगाउने पनि यहि बुढो हो।
सडे गलेका पात पतिङगर
डस्पिनमा कोच्ने पनि यहि बुढो हो।
राजतन्त्रको खरो बिरोधि
पनि यहि बुढो हो।
उग्रवामपंथि र दक्षिणपॅथिको
खालो काढ्ने पनि यहि बुढो हो।
प्रतिगमनको नम्वर एक
दुष्मन पनि यहि बुढो हो।
राष्ट्रघाती सन्धि शम्झौताको
समर्थन नगर्ने पनि यहि बुढो हो।
जस्तै कस्तै अप्ठेरोमा पनि
शम्झौताहिन संघर्ष गर्ने पनि यहि बुढो हो।
समग्रमा तिम्रो शव्दमा
क्रान्ति बिरोधि दक्षिणपंथि यहि बुढो हो।
त्यसैले ठोका कमरेड बुढालाई
सके अगाडी बाट।
यदी सक्दैनौ भने
ठोकिदेउ अब पछाडी बाट।
सक्छौ भने बन्दुकले उडाईदेउ
सक्दैनौ भने शव्द वांण हान।
जसरी हुन्छ कसरी हुन्छ
तिमी क्रान्तिकारी बन।
जे जसरी हुन्छ उसलाई
क्रांति बिरोधि देखाउ।
केही दिनको लागी भय पनि
तिम्रो नाम क्रान्तिकारी लेखाउ।
वर्षाउ कमरेड वम वर्षा
हामी नै हो परिवर्तनकारी भन्नि हो भने।
ठोका कमरेड बुढालाई
खाटी क्रान्तिकारी बन्नि हो भने।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार