


खिमराज चालीसे भारत भारतको पंजाब राज्यको अम्बालामा मूल प्रवाह अखिल भारत नेपाली...

खिमराज चालीसे भारतको राजस्थान राज्यको बिकानेरमा मूल प्रवाह अखिल भारत नेपाली एकता...

चंडिगढ । भारतको चन्डिगढमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा...

दिल्ली 1 मई 2026, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

सिलवासा, 1 मई 2026, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

बैंगलोर, 1 मई 2026 मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

खिमराज चालीसे बठिण्डा, पंजाब 1 मई 2026 भारतको पंजाब राज्यको बठिंडामा मूल...

संगरुर, भारतको पंजाब राज्यको संगरूरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...
मूलप्रवाह नेपाली एकता मिडिया प्रा.लि.
सुचना विभाग : ३५९७-२०७९/८०
दर्ता नम्बर : २७०२५६/०७८/०७९
अध्क्ष्य : ठाकुर खनाल
सम्पादक : निशा खनाल
सहसम्पादक : धनवीर पुन मगर
समाचार संमयोजक : खिमराज चालिसे
G350/17, 17ft Road, Mb Extn.
Badarpur New Delhi-11044
Ph. No. 011-29891544,
Email : moolpravah@gmail.com
© 2026 All right reserved Site By : Himal Creation
काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घले नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा ताल्चा लगाएको छ । महासचिव प्रकाश थापामगर, केन्द्रीय सदस्य रोशन दानीसहितको नेतृत्वमा पेशल खतिवडा, खेमराज अधिकारी र किसन दानीसहितको प्रतिनिधिमण्डलले २०८१ जेठ १५ गते सञ्चारग्रामस्थित केन्द्रीय कार्यालयमा पुगी प्रगतिशीलले ताल्चा लगाएको हो ।
सो अवसरमा महासङ्घको केन्द्रीय कार्यालयमा प्रगतिशील सङ्गठनको प्रेसवक्तव्य पनि टाँसिएको थियो । प्रेसवक्तव्यमा महासङ्घले आस्थाको आधारमा प्रगतिशील पत्रकार सङ्घसम्बद्ध क्रियाशील पत्रकारको सदस्यता खारेज गरेकोमा विरोध गरिएको छ ।
त्यस्तै, वक्तव्यमा नयाँ क्रियाशील पत्रकारलाई सदस्यता प्रदान गर्न र स्थानान्तरण कार्य सम्पन्न गर्न आग्रह गरिएको छ ।
सो अवसरमा सङ्क्षिप्त प्रतिक्रिया दिँदै महासचिव प्रकाश थापामगरले महासङ्घभित्र सदस्यता शुद्धीकरणलाई आफ्नो सङ्गठनले नीतिगत रूपमा स्वीकार गरे पनि अहिले जारी भएको शुद्धीकरण नामावलीप्रति आफूहरूको विरोध रहेको बताउनुभयो ।
शुद्धीकरण आवश्यक थियो तर त्यसको मर्म आत्मसात गरिएन’ उहाँले भन्नुभयो– ‘एकै प्रकृतिका अन्य पत्रकारको सदस्यता कायम राखिएको छ तर प्रगतिशील पत्रकार सङ्घसम्बद्ध क्रियाशील पत्रकारलाई आस्थाकै आधारमा हटाइएको छ ।’
उहाँले भन्नुभयो– ‘यस खालको आस्थाको आधारमा भेदभाव गर्ने तरिकाको हामी कडा शब्दमा विरोध गर्दछौँ ।’
महासचिव थापाले शुद्धीकरण नामावलीमा देखा परेको विकृतिका विरुद्ध आवाज उठाउने अन्य सङ्गठनको आन्दोलनप्रति आफूहरूको समर्थन रहेको पनि जानकारी गराउनुभयो ।