हरि केसी, लार्डरूम्बाई मेघालय, 7 जुलाई 2024,
भारतको पुर्वोउत्तरको राज्य मेघालयको लाडरूम्बाई सिमेट भन्ने स्थानमा चार जना युवाहरूको विभत्स प्रकारले हत्या भएको छ । घटनाको जानकारी प्राप्त भए पछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुर्वोत्तर क्षेत्रीय समितिका सदस्य तथा लाडरूम्बाई नगर समितिका साथीहरू हरि केसी मोहन ठकुरीको नेतृत्वमा अन्य नेपाली भाषी दाजुभाईलाई लिएर पुलीस प्रशासनमा पुगी घटनाको निष्पक्ष छानविनको माग सहित शवहरूको पोष्टमार्टम गराई दाह-संस्कार गर्ने काम भएको छ । अज्ञात हत्याराहरूले अन्यत्र कतै हत्या गरि उनीहरूको शवलाई एकै ठाउमा ल्याएर फ्याकेका हुन् । घटनामा परेका एक जना इलाम जिल्ला नेपाल निवासी सन्तोष राईका 24 वर्षिय छोरा रवि राई र दास्रो सुनसरी धरान फ्रस्रेको निवासी मनीकुमार राईका 26 वर्षिय छोरा राजेश राई रहेकाछन भने तेस्रो नेपाली या असमिया के हुन अझै पहिचान खुल्न सकेको छैन भने चौथो स्थानिय खासी समुदायका हुन । शवको पोष्टमार्टम पछि आफन्तहरूलाई हस्तान्तरण गरिको छ । रवि राईको दाह संस्कारमा सामेल मूल प्रवाहका कार्यकर्ताहरूलाई रवि राईका दिदीहरू सुस्मीता राई, रेणुका राई र भिनाजु जिवन राईले नेपालीहरूको यस्तो नियती कहिले सम्म हुने हो भनी गुनासो पोखेका थिए साथै उनीहरूले यस्तो सास्ती नेपालीले कति सम्म खेप्नु पर्ने हो नेपाल सरकारसंगको आक्रोस पोखि रहेका थिए ।
पिडीत रवि राईका दिदीहरू
मेघालयमा यस प्रकारका घटनाहरू आय दिन हुने गरेका छन् । नेपाल ओखलढुङ्गाबाट बसाई सरि रौतहट चन्द्रनिगाहपुर बसोबास गर्ने रोजगारको लागी मेघालयको ममपठ भन्ने ठाउको कोइलाखानीमा सरदारको काम गर्ने रमेश कार्की गत 26 जुन 2024 का दिन राती सुतेको स्थानबाट नै हराएकोमा पुलिस स्टेसनमा रिपोर्ट समेत गरि खोजतलास गर्दा 1 जुलाई 2024 का दिन आफ्नो क्वारी(कोईला निकाल्न सुरूङ् निमार्णको लागि खनेको खाडल) नजिकै रहेको झाडीको रूखमा झुण्डीएको अवस्थामा शव फेला पÚयो । पुलिसले पोष्ट मार्टम गरि आफ्न्तलाई हस्तान्तरण गरि दाह संस्कार समेत भैसकेको छ ।
भारतको पुर्वोत्तर क्षेत्रमा नेपालीहरू माथी अनेकन भेदभाव हुने गर्दछन । 1950को सन्धीको वावजुद नेपालीहरूलाई विभेद गर्ने विना कारण मारपिट गर्ने, महिलाहरूसंग यौन हिंसा गर्ने देखि लिएर नेपालीहरूको हत्या सम्म गरेका घटनाहरू हुने गरेका छन । अहिलेको घटनाको पछाडी वास्विक कारण के हो खुल्न सकेको छैन तैपनि घटनामा पिडीत नेपालीहरू नै ीाएको हुदा नेपालीहरूप्रतिको भेदभाव नै हो भन्न सकिन्छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लासर्ठरूम्बाई नगर समितिले क्षेत्रीय तथा केन्द्रिय समितिबाट सल्लाह सुझाव लिदै नेपालीहरूलाई संगठित गर्ने सचेत गर्ने र उनीहरूमा आईपरेका समस्याहरू आर्थिक नैतिक भौतिक सहयोग तथा आवश्यकता अनुसार कानुनी सल्लाह सहयोग उपलब्ध गराउदै आएको छ ।
मूल प्रवाह क्षेत्रीय समितिका हरि केसी एवं मोहन ठकुरी