पैंतिस बर्षपछी फेसबुकले घर फर्कायो

प्युठान । बेपत्ता भएको ३५ वर्षपछि प्युठानका एक जना व्याक्तीको पारिवारिक पुनर्मिलन भएको छ । २२ वर्षको उमेरमा भारतको आसाम बोमडुल्लाबाट हराएका प्युठानको गौमुखी -४ खोलाबाङ्गका ५७ वर्षीय किर्तिमान सुनार फेसबुकका माध्यमबाट घर आईपुगेपछी परिवारमा खुसी छाएको छ। एक महिना अघि स्थानीय युवक मोहन सुनारसँग फेसबुकमा भेट भएपछी किर्तिमानको पुन: पारिवारिक पुनर्मिलन भएको हो।

भेट्ने आशा मारेको छोरा ३५ बर्षपछी सकुसल घर आउदा खुसी छाएको किर्तिमानकी ८२ बर्षिय आमा चिमकली सुनारले बताउनुभयो।

बेपत्ता छोरासँग भेट भएकामा हर्षको आँसु बगाउँदै आमा चिमकलीले भन्नुभयो,’ छोरो भेटिने आश नै थिएन, अहिले निकै खुशी छु।”

पैसा कमाउन भारत गएको चार बर्षसम्म किर्तिमान परिवारको सम्पर्कमा हुनुहुन्थ्यो । गाउँका साथीसंगी मार्फत चिठी आदानप्रदान भैरहन्थ्यो । अचानक ठेगाना र बसाई फेरिएर भारतको दुर्गम आसाम तेजुमा गएपछि साथीभाइ र आफन्तसँगको सम्पर्क टुटेको किर्तिमानले सुनाउनुभयो । पुनः आफ्नो परिवारसँग भेटेर आफू अत्यन्त खुसी भएको किर्तिमानले बताउनुभयो ।

घरमा अहिले किर्तिमानलाई भेट्न र हेर्न आउने आफन्त मात्र होइन, छिमेकी र साथिभाईको समेत लर्को लागेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार