पाण्डेचेरी कोईलापालायाम्मा प्रशिक्षण कार्यक्रम सम्पन्न

जनक राज पौडेल

पाण्डिचेरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरी अन्तर्गत अरोभिल कोईलापालायाम् एरिया समितिको आयोजनामा, एरिया अध्यक्ष तथा नगर समिति सदस्य मेघराज पौडेलको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।

उक्त कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समिति सचिव तथा पाण्डिचेरी नगर अध्यक्ष जनकराज पौडेल र केन्द्रीय परिषद सदस्य चन्द्रकान्त शर्माको उपस्थिति रहेको थियो ।

भारतमा नेपालीहरुको अबस्था र संगठनको आवाश्यकता बारे, चन्द्र कान्त शर्माले प्रष्टाउने कोशिस गर्नु भयो भने देशको समसामयिक राजनीति र संघीयता खारेजीको आवाश्यकता बारे जनकराज पौडेलले स्पष्ट पार्ने कोशिस गर्नुभएको थियो ।

प्रशिक्षण कार्यक्रममा एरिया अन्तर्गतका सदस्यहरुको ब्यापक सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार