टेकराज भुसाल (टेकु)
मंसिर २६ रुपन्देही । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले संघीयता विरुद्व काठमाडौं केन्द्रीत आन्दोलनको लागि सयुक्त तयारी भेला सम्पन्न गरेको छ ।
अखिल (छैठौं)का अध्यक्ष विमल पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले संघीयता विरुद्धको काठमाडौं केन्द्रित आन्दोलन व्यवस्थित र व्यापक बनाउन सामूहिक छलफल र जिल्लाबाट बढी भन्दा बढी विद्यार्थी सहभागिता गराउने निर्णय भएको बताइएको छ ।
अखिल (छैठौं)का महासचिव महेशराज जोशी, बिश्व कम्युनिस्ट संग्रहालय नेपालका अध्यक्ष चेतनाथ आचार्य, राष्ट्रिय जनमोर्चा रुपन्देही जिल्ला सचिब टान बहादुर केसी, अखिल (छैठौं) ५ नम्बर प्रदेश अध्यक्ष सुरेश आचार्य, अखिल (छैठौं) पाल्पा जिल्ला अध्यक्ष पुरन पोखरेल, अखिल नेपाल युबक संघका रुपन्देही जिल्ला कोषाध्यक्ष मिलन पोख्रेल, लगायतका नेताहरुको उपस्थित रहेको थियो ।
कार्यक्रम अखिल (छैठौं) कपिलवस्तुका अध्यक्ष रिसभ आचार्यको सञ्चालन, केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष सरोजमान सिंहको अध्यक्षता, नवलपरासी जिल्ला अध्यक्ष सगर सुबेदीको स्वागत मन्तव्यबाट कार्यक्रम अघि बढेको थियो ।