काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले ग्रामीण क्षेत्रका सडकको दूरावस्था सुधार गर्न माग गर्नुभएको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पौडेलले आफ्नो संसदीय क्षेत्र प्युठानका ग्रामिण सडकको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
उहाँले ग्रामिण सडक अहिले भैँसी आहाल खेल्ने थलो बनेको भन्दै सुधारको माग गर्नुभयो । सांद पौडेलले भन्नुभयो, ‘भिमगिठे–बाग्दुला बाटोको तीन वर्षअगाडि ठेक्का भएको थियो । तर त्यो कालोसूचीमा भएको सूचना आएको थियो । त्यो फाइल अहिले भौतिक मन्त्रालयबाट वन मन्त्रालयमा गएर थन्केको छ रे । त्यो बाटो हेर्ने हो भने भैँसी आहाल खेल्ने खाल्डा छन् । ठेक्का भएको हुनाले अरु गाउँपालिका नगरपालिकाहरुले बजेट हाल्न नमिलेको अवस्था छ ।’
सांसद पौडेलले अगाडि भन्नुभयो, ‘यो एकदम जटिल अवस्था भएको हुनाले सभामुख मार्फत भिमगिठे–बाग्दुलाको बाटोमा सरकारको गम्भीर ध्यानाकर्षण गराई यो फाइल तत्काल यसको कारणका के कारण रोकिएको छ । सुचारु रुपमा गाडी वढाउन आग्रह गर्दछु । सर्वोच्च अदालतले पनि निर्णय गरिसकेको छ कि यो बाटो काम नरोकिकन अगाडि बढाउने भनेर त्यसैले यो काम नरोकिकन सुचारु गर्न अनुरोध गर्दछु ।’