काठमाडौं । संसदबाट नागरिकता विधेयक बहुमतले पारित भएको छ। शुक्रबार बसेको संघीय प्रतिनिधिसभा बैठकले नागरिकता विधेयक बहुमतले पारित गरेको हो ।
यसअघि राज्य व्यवस्था समितिले वैवाहिक अंगीकृत नागरिकताका लागि राखेको सात वर्षे प्रावधान बहुमतले अस्वीकृत गरी विधेयक पारि भएको हो ।
नागरिकता विधेयकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका ४५ जना सांसदले ९४ वटा विषयमा संसोधन प्रस्ताव राखेका थिए। तर सत्ता पक्षका सांसदले गृहमन्त्रीको जवाफ पछि आफ्नो संशोधन प्रस्ताव फिर्ता लिएका थिए।
सभामुख अग्निप्रसाद सापकोटाले संशोधन प्रस्तावलाई निर्णयार्थ पेश गर्दा बहुमत सदस्यले अस्वीकृत गरेका हुन्।
नागरिकता विधेयकमाथि राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलसहित एमालेका भीम रावल, लालबाबु पण्डित, शेरबहादुर तामाङ, झपड रावल, नेककिपाका प्रेम सुवाल लगायतका सांसदले संशोधन प्रस्ताव राख्नुभएको थियो । ती प्रस्ताव बहुमतले अस्वीकृत भएको हो ।
नागरिकता विधेयकको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लाेकतान्त्रिक समाजवादी पार्टी उभिए भने विपक्षमा राजमाेसहित नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीले मत जाहेर गरे।