#खिमराज चालिसे,
मेघालय । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुर्वोत्तर क्षेत्रिय समितिद्धारा संचालित मेघालय स्थित जोवाइ नगर समितिको आयोजना मा राष्ट्रघाती नागरिकता विधेयक विरुद्ध विरोध सभा सम्पन्न भएको छ ।
उक्त सभामा राष्ट्रघाती नागरिकता विधेयक खारेजीको विकल्प नरहेको बताउदै केन्द्रीय सल्लाहकार अमित केसीले महत्वपूर्ण विचार राख्नु भएको थियो। कार्यक्रम थानेश्वर पांन्डेको अध्यक्षतामा तथा अर्जुन खनाल को संचालनमा सम्पन्न भएको हो भने स्वागत अनन्त भुसालले गर्नु भएको हो ।