#मनिराम खनाल
उठ उठ दिदी बैनी हुन्न अब बसेर
देश बचाउन लागौं अब कम्मर कसेर ।
गित गाउँ सबै मिलि देश र अनि जनताका
बिद्रोहिले पीडा पोखौ आफ्नो मनका ।।
महिला माथी हत्या हिम्सा बलात्कार बढेका
न्याय दिन खै त हामी अघि सरेका ।
समाजले महिला माथी छ नि विभेद गरेको
कस्ले देख्छ आँसु पिउँदै दुःख झेलेको ।
व्रत बसि पुजा गर्छौ सधैं शिव लिङ्गलाई
दुःख पर्दा कोहि छैन न्याय दिनलाई ।
अन्याय पर्दा न्याय दिने हैन सिबको फोटाले
सधैं हामी हुनु पर्ने घरको गोठाले ।
दाइजो प्रथा नारिलाई छाउपडिमा बसाउछन
बिक्री गर्ने बस्तु सरि हाम्लाई बनाउछन् ।
रुढीबादी परम्परा बन्धनमा पार्नलाई
हाम्लाइ दासी बनाएर मस्ती मार्नलाई ।
माइत जाने दर खाने सधैं हाम्लाई तर्खर
बिकृतिको विरुद्धमा लागौ भर्खर ।
सोसकको शासन सत्ता फेर्नु पर्छ हामीले
महिला मुक्ति आन्दोलनमा लागौ पहिले ।
नगर्ने काम के नै छर हाम्रो देशका नारिले
यो देशलाई परिवर्तन गर्छौ हामीले ।
महिला मुक्त हुनलाई बर्ग मुक्ति चाहिन्छ
बल्ल हामी सुख शीत बाच्न पाइन्छ ।
(समाप्त)