#विष्णु शर्मा (पाण्डेचरी)
महामहीम राष्टपती ज्यु हजुर सिङ्गो राष्ट्र अनि
हरेक नागरिकको आमा ।
यी सबैको समस्याको समाधान
हुनुपर्छ हजुरको काम ।।
आमा यहा नामको
मात्र नदेखियोस् ।
आमा नाम
इतिहासमा मात्र नलेखियोस् ।।
बिबाह पश्चात् गुमनाम हुने
गायिका देखियो ।
पारीवारिक परिबन्धले
तालाबन्दी भएका नायिका देखियो ।।
तर हजुर आमा नहुँदा पनि
गुमनाम हुनुभएन ।
पति शोकमा पनि कत्ति
धरासायी बन्नुभएन ।।
स-साना लाला बाला बोकी
सदाबहार हिड्नु भयो ।
जीबनका बाङ्गा टिङ्गा कठिनाइहरुसँग
एक्लै भिड्नुभयो ।।
ती हजुरका हुङ्कारले
महिला अधिकार खोज्थ्यो ।
देश र जनताको पक्षपाती बनी
हजुरको आफ्नै मौलिकता बोल्थ्यो ।।
हजुरलाइ बर्तमानका
सुख सुबिधाले नबिगारोस् ।
हजुरको मुक्तकण्ठलाई
कसैले आफ्नो लागि नसिगारोस् ।।
हजुरलाइ दुखाइ होस्
छिमेकीले देश टुक्रा टुक्रा पारी खादा ।
हजुरले राष्ट्रबादी भुमिका निभाउनु
राष्ट्रघातीले देश डुबाउन जादा ।।
पार्टी प्रमुखका निर्देशनहरुलाई
बिनासर्त लालमोहर नलगाउनु ।
देश र जनताको जबाफदेहिता हजुर
कहिल्यै बिबादमा नआउनु ।।
बच्चादेखि वृद्धसम्म बलत्कार हुँदा
हजुरका आँखा रसाउनु पर्छ ।
देशैभरि न्यायको पक्षमा आन्दोलन हुदा
हजुरले पनि आवाज उठाउनु पर्छ ।।
शून्य बन्न हुन्न हेर्नू
हजुरबाट केही आशा गरेकाहरु ।
पाउ पछाडि नसारुन
हजुरलाई आइडल मानि अघि बढेकाहरु ।।
खतरनाक नागरिकता बिधेयक अन्तिम निणर्यका लागि
हजुरको हातमा आएको छ ।
हजुरको जीबनले देशको पक्षमा महत्वपूणर्
फैसला गर्ने सुबणर् अबसर पाएको छ ।।
हजुरका हरेक अंङ्ग बिउझाउनु
आफुका अधिकार युक्त काम देखाउनु ।
बिनासर्त खारेज गर्नु राष्ट्रघाती नागिकता बिधेयक
इतिहासमा नाम लेखाउनु ।।
। समाप्त ।