# मनिराम खनाल (घोराही १७ चौघेरा, दाङ)
प्रतिगमन रोक्नलाई गठबन्धन सफल भो
सरकारको काम त अरु रास्ट्रघाती भो ।
संसदलाइ भत्काएर संविधान च्यातेर
गणतन्त्र मास्न भन्यो गोयल भएर ।।
भारतीय जासुस प्रमुख विमान चार्टर गरेर
नेपाल आयो के पि वलि भेट्ने भनेर ।
नेपालको प्रधानमन्त्री भारतीय गुप्तचर
यस्तो भेट देशको लागि भयो ठुलो डर ।।
रास्ट्रपति भण्डारी र प्रधानमन्त्री वलीले
एमाले लाई बाध्य पार्यो रअ को बोलिले ।
जननिर्वाचित संसद र संविधानलाई मारेर
हाम्रो गणतन्त्र पनि घाएल पारेर ।।
बचाउनलाइ संविधान फिर्ता गर्न संसदको
त्यतिबेला खाचो पर्यो गठबन्धनको ।
पाचै पार्टी मिलेर गठबन्धन गरेका
प्रतिगमन रोक्न लाई सफल भएका ।।
एमाले र राजाबादी भारत पनि मिलेका
प्रतिगमन हुन्छ भनी बल्ल चिनेका ।
जनमोर्चा काङ्ग्रेस र माओबादी मिलेर
संविधान बचेको हो एक भएर ।।
अहिले पनि प्रतिगमन छैन कमजोर भएको
निरपेक्ष धर्म मास्न बाटो हेरेको ।
उपलब्धिको रक्षा गर्न गठबन्धन त साचो हो
गठबन्धनमा इमान्दारी अर्को खाचो हो ।।