
अर्घाखाँची भूमिकास्थान २ ढाकाबाङ निवासी हित बहादुर घर्ती मगरका छोरा, सुरेश बहादुर घर्ती मगरकी ३५ वर्षीय श्रीमती तारा घर्ती मगर २०७९ बैशाख १३ गतेका दिनदेखि हराएकी छिन् । उनलाई गाउँकै युवराज थापा नाम गरेको व्यक्तिले भगाएर दिल्ली वा गुडगाव तिर लगेको आशंका छ । श्रीमान वैदेशिक रोजगारका लागि कतार रहेको अवस्थामा निज महिला घरबाट निस्किकी हुन् । उनले घरबाट निस्कीने बेलामा नानी बाबुसँग आफू बिरामी भएकोले अस्पताल जान्छु भनि हिंडेकी थिइन् । उनले घरमा २ नानी बाबुलाई घरमा छोडेर साथमा सानी नानीलाई लगेर गएकी छिन् । कुनै महानुभावले निजहरुलाई फेलापारेमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा वा युवराज मो.न. 9717723242 कमल थापा मो.न. 9711852200 मा जानकारी दिनुहुन विनम्र अनुरोध गरिन्छ ।















