ईज्जत सम्मान

#प्रेम गायक
नलाउ चेली केटाको पछी
पढी लेखी केहि गर्ने बेलैमा।
आफै हिड्छेउ फुकुवा गाई झै
भन्छेउ अनि कसरी चरी जेलैमा?
नजाउ छोरा फुल्ने फुललाई
कोपिला मै टिप्न।
गार्हो हुन्छ परिवारलाई
यो समाजमा बिक्न।
बाउ आमाको सपना
राम्रो असल ठुलो मान्छे बनाउनि।
ईज्जत सम्मान नाम सॅगै
दाम पनि कमाउनि।
बुढेसकालमा दुख नदिई
राम्रो सॅग पालुन।
पुर्खौलिको ईज्जत सम्मान
खाल्टामा न हालुन।
सके सम्म आफ्ना शन्तान
मिडियामा न आउन्।
पुलिस चौकि अदालत र
अस्पतालमा न जाउन्।
मिडियामा आई हाले नि
राम्रो नाम लिई आउन्।
गाउँ समाज परिवारको
ठाडो शिर बनाउन्।
गर्व गर्न लाईक बनुन
सबका छोराछोरी।
यहि चाहन्छन अविभावक
आफु बाॅचुनजेरी।
मेरो शन्तान बिग्री जावश
भन्दैनन कसैले।
यत्ति कुरा मनन गरे
पुग्दछ सबैले।
धन पैसा त दुख गरे
जहां पनि पाईन्छ।
बाउ आमालाई त्यो भन्दा नि
मान सम्मान चाहिन्छ।
नानी बाबु यत्ति कुरा
मन भित्र राख।
गाउं समाज र बाउ आमाको
जोगाई देउ नाक।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार