लेउ बुढी सारङगी

##प्रेम गायक
बिकासको मुल फुटयो
यिनको पालामा।
कहिलेई खालि हुंदैन
अन्न डालीमा।
घर घरमा बस गुड्छन
गाउॅ गाउॅमा रेल।
देशमा आयो सुख शान्ति
सम्वृद्धीको भेल।
बाटो सबै चिल्लै छ
छैनन खाल्टा खुल्टी।
हिड्छन ऐले सबै गाडी
मनपरी गुल्टी।
भ्रष्टाचार नियन्त्रण भो
लोडसेटिङको अन्त।
दुखि गरिव कोहि छैनन
सारा देशका जनता।
घुसखोरि र बलत्कारी
देश छोडेरै भागे।
सामन्ति र सोशकहरु
सबै भित्ता लागे।
नातावाद र भागवन्डको
सबै अन्त भयो।
यति छिट्टै हाम्रो देश
सम्वृद्धीमा गयो।
छुवा छुतको अन्त भयो
छैन कहिं भेदभाव।
ढुक्क सॅग हिड्छन हाम्रा
दिदी बैनि सब।
बेरोजगार कोहि छैन
कोहि छैन भोकै।
खाना लाउन नपाएर
छैनन कोहि रोयकै।
छक्कल दिउॅसो भयो बुढा
उठ्ने हैन अझै।
भोकै सुत्यो सानो केटो
केही नभयर हिंजै।
ब्युंझाई दिईन बुढीले
सपनामै रहेछु।
म त हजुर सपनामै
घोडामा चढेछु।
आज मैले सपनामै
यस्तो पो लेखेछु।
नसोचेको नचित्यायको
सपना देखेछु।
भरम् कतै नपरोश है
साॅचो कुरा हैन।
देशमा अझै सुख शान्ति
आमनचयन छैन।
सारङगी लेउ बुढी मेरो
म त जान्छु माउन।
ढिलो हुन्छ त्यो केटालाई
यत्ति केही खुवाउन।
पछि फेरी बात गरौंला
म हिंडे साथिभाई।
पोखरा बाटुलेचौर बाट
नमस्कार सबैलाई।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार