##रबि पौडेल
संसार परिवर्तनको शाहस बोकेर हिड्नु छ
समाज परिवर्तनका आशा लिएर जुध्नु छ
ठोक्किदै भित्ताहरुमा हजार हण्डर खानु छ
आफ्नै परिवारमा सबैको ख्याल गर्नु छ ।
आशा भरोसाको केन्द्र बिन्दु बनी झुलेको छ
अपुग र अधुरोमा पनि जिन्दगी मस्त चलेको छ
भन्नेले राम्रो नराम्रो दुवै भन्छन् सोंच्नेको पनि मन हुन्छ
भित्र कुरा कसलाई के थाहा बाहिरी आँखा अन्जान हुन्छ ।
लक्ष्य राम्रो छ सोंच बदलिनु पर्छ नराम्रो भित्र पनि राम्रो देख्नु पर्छ
नराम्रो भन्ने र सोच्नेहरुलाई बधाई भन्नू पर्छ
जिन्दगी छोटो छ दिन गन्नुपर्छ
दिवालभरिका सिसाका काँडाहरु एक एक गरि उखेल्नु पर्छ ।
स्वार्थि मानिसका अहङकारि लोभ तोड्नु पर्छ
मै खाउँ र मै लाउँ भन्ने सोंच पिण्डहरु फुटाउनु पर्छ
परिवर्तनका त्यान्द्राहरु दुई दुई चार गर्दै मुठ्ठी उठाउनु पर्छ ।
थिए, छन र आउँछन अप्ठ्याराहरु काँडा पञ्छाए झै पञ्छाउनु पर्छ
काँडाहरु भित्रैबाट सुगन्धित फुल टिप्नु पर्छ
वर्षा र चट्याङमा पनि कोहिलीले सुमधुर स्वर दिन्छ
हजारौं अप्ठ्यारोमा एउटा योद्दा क्रान्तिको सिपाहि बन्छ ।
मिति : ११/१०/२०२२
दक्षिण भारत पाण्डेचरी