अर्घाखाँचीमा राजमोका सागर केसी गठबन्धनका सझा उम्मेदवार

अर्घाखाँची । अर्घाखाँचीमा पाँचदलीय गठबन्धनले साझा उम्मेदवार कायम गरेका छन् । उम्मेदवारी फिर्ता लिने दिन आज (बुधबार) गठबन्धन दलहरुले साझा उम्मेदवार कायम गर्न सहमति गरेको राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जानकारी दिनुभयो ।

प्रतिनिधि सभामा नेपाली कांग्रेसका पुष्पा भुसाल उम्मेदवार छन् भने प्रदेश सभातर्फ प्रदेश १ ‘क’ मा राष्ट्रिय जनमोर्चाका सागर केसी र प्रदेश ‘ख’ मा नेपाली कांग्रेसकै कमल प्रसाद भुसालको उम्मेदवारी कायम छ ।

प्रदेश सभा १ क तर्फ उम्मेदवारी दिएका नेकपा (माओवादी केन्द्र) का ठाकुर कुमार विकले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै, नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रामबहादुर चौहानको उम्मेदवारी पार्टीले फिर्ता लिने सहमति भएको गठबन्धन दलले जनाएका छन् ।

उम्मेदवारी फिर्तासँगै अर्घाखाँचीमा गठबन्धन दलबाट कांग्रेस र राजमोको मात्रै उम्मेदवारी कायम भएको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने भएका छन् ।

प्रतिनिधि सभामा गठबन्धन दलकी उम्मेदवार भुसालको नेकपा (एमाले) का टोपबहादुर रायमाझीसँग प्रतिस्पर्धा हुने छ ।
प्रदेश १ क मा एमालेले चेतनारायण आचार्य र ख मा रामजीप्रसाद घिमिरे उम्मेदवार छन् ।

प्रतिनिधिसभातर्फ ११ जनाको उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अर्घाखाँचीमा एउटा मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र छ भने प्रदेश सभामा दुई क्षेत्र छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार