विष्णु शर्मा (पाण्डेचरी)
साहुले बिदा दिएन दिदी ,
सकिन आउन।
अहिले पनि जुरेन हाम्लाइ
फुलमाला लगाउन।।
दिदी र बहिनिको संझना धेरै,
आउदछ तिहारमा।
इन्देर्णी सरी झल्काउन टीका,
नपाउदा निधारमा।।
अखण्ड परिबार खण्डित हुनेहोकी?
डर भो मनमा।
एकताको प्रतीक फुलको माला,
नहुदा गलामा।
नझिम्काइ आँखा हेरेकी हौली,
म आउने बाटोमा ।
मलाई नै भनी रोपेकी हौली,
झिनुवा पाटोमा।।
टाढा टाढा अरुलाइ देख्दा ,
मेरै भाइ भन्दिएउ।
छिनभरमै टीका लगाएको,
कल्पना गर्दिएउ।।
खानाका ब्यन्जन बनाएकी हौली ,
भाइ आउँछ भनेर।
बसेकी हौली मुछेर टीका,
फुलमाला उनेर।।
बजार गई आएकी हौली,
उपहार लिएर।
प्रफुल्ल बन्न पाइनौनी दिदी,
भाइलाई दिएर।।
चाडको बेला यो मन थाम्न,
सकिन केही गरि।
छैननी दिदी खाडीमा कुण्ठ,
बिसाउने चौतारी।।
मायाका सबै कोसेली मेरा,
शुरक्षित राख्नु है।
मनको तिम्रो आशाको दियो,
बालेरै बस्नु है।।
समय आफ्नो बिपरित हुदा,
हिम्मत झन् बढाउनु।
परिस्थितिले रुवाउन खोजेनी
आँसु न बगाउनु।।
रुनु भाहोला बाबा र आमा,
फुल्याउनु संझाइ।
मेरो अनुपस्थिमा नी राख्नु है दिदी,
घर आगन सजाइ।।
अफ्ठ्याराहरु सबै पार गरि,
अर्को साल आउने छु।
त्यो न्यानो हातको संतरंगी टीका ,
निधारमा लाउने छु।
।समाप्त ।