बाग्लुङ । प्रतिनिधि सभाका लागि राष्ट्रिय जनमोर्चाका अध्यक्ष का. चित्र बहादुर केसी विजयी हुनुभएको छ । केसी गठबन्धनको तर्फदेखि साझा उम्मेदवार हुनुहुन्थ्यो ।
का. केसीले कुल मत २१४५१ प्राप्त, नेकपा (एमाले) का सुर्य पाठकले १८८२५ मत प्राप्त गर्नुभएको थियो । केसीले र पाठकलाई २६२६ मतान्तरले पराजित गर्दै विजय हातपार्नु भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कंडेलले ९१७७ मत प्राप्त गरेका छन् ।
का. केसीको विजय सँगै राष्ट्र र राष्ट्रियताको पक्षमा एवं संघीयताको विरुद्धमा बुलन्द आवाज फेरी संसदमा प्रवेश गरेको छ । गत पटक का. केसीको अनुपस्थितिले संसदमा सुनो सुनो लाग्ने गरेको आम जनताको भनाई रहेको थियो ।