उ सुध्रिएको छैन

प्रेम गाएक, पोखरा
हिजो गुहार माग्दै आयो
आज अंगालो हाल्न गयो।
“””””””””” गर्निलाई भन्दा
देख्निलाई लाज भयो।
यता खाना खायो
उता गाना गायो।
उ स्वार्थि हो
जता अवसर पायो उतै र्याल चुहायो।
कैले उ नठिक भन्छ
कैले यो नठिक भन्छ।
कैले त्यो नठिक भन्छ
कैले जस्लाई नठिक भन्छ उसैको दाष बन्छ।
छेपारोले झैं रङ फेर्छ
कोईलि ले झैं भाखा फेर्छ।
कता खाना पाउंछ
उतै अघि सर्छ।
उ फोहोरी पनि हो
आफैले थुकेको थुक चाट्छ।
उ बेईमानी पनि हो
आफैले बोलेको ढांट्छ।
उ पिंध नभयको अंखरा हो
पल्टि रहन्छ ढलक्क ढुलुक्क।
उ कन्सुत्लो हो
जता पनि पस्छ सलक्क शुलुक्क।
उ बहुरुपी हो
सक्कल फेरी रहन्छ।
कता अवसर पाईन्छ
त्यतै हेरी रहन्छ।
उ धोकेवाज हो
धोका दिई रहनेछ।
उसलाई नाङगेझार नपारे सम्म
उ हिरो बनि रहनेछ।
उ जालझेल षणेन्त्र गरी
स्वार्थ लुट्न खप्पिस छ।
उ आठ दुना सोर्ह मात्रै हैन
सोर्ह दुना बत्तिस छ।
उ भिल्लन नै हो
हिरो जस्तो देखिए पनि।
उ सुध्रिएको छैन
चलौं सबै सतर्क बनि।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार