गणतन्त्र

#केबल बिनाबी
तोसिमाहरुको नाममा
तिमीलाई लाग्दो हो
गणतन्त्र
राजनले गद्दी त्यागेर
या
वनवास गएर आएको हो
तिमीलाई लाग्दो हो
गणतन्त्र
मेची देखी महाकाली सम्म को
पदयात्राले आएको हो
तिमीलाई लाग्दो हो
गणतन्त्र
एलवडी मा बिएरको नसामा
रातो र चन्त्र सूर्य गितमा झुम्ने
युवाहरुको जोसले आएको हो
तिमीलाई लाग्दो हो
गणतन्त्र
न्यूयोर्कको वर्गर खाएर
न्यूरोडमा बान्ता गरेर
फुत्त झरेको हो
तिमीलाई लाग्दो हो
गणतन्त्र
माइति घर या बसन्तपुर डबलिमा
प्लेकार्ड बोकेर
सहजै आएको हो
तिमीलाई लाग्दो हो
गणतन्त्र
बालुवाटारमा धर्ना बसेर
फुत्त आएको हो
तिमीलाई लाग्दो हो
गणतन्त्र
बार्दलीमा बसेर
चुट्किला सुनाएर
आएको हो
गणतन्त्र जन्मिदा
बालक थियौ तिमी
बरु सोध
गणतन्त्रको लागि
रगत
पसिना
समय
बगाउनेलाई सोध
बरु सोध
गणतन्त्र को लागि
जीवन
परिवार
घर
सँसार
गुमाउनेलाई सोध
बरु बुझ
गणतन्त्रको लागि
भोक
सोख
रोग
बिर्सेकालाई बुझ
आज यत्ति भनु
तिमीले भिरेको
मन्त्रीको पदवी
तिम्रा रवी दाले
बाँचेको वर्तमान
या
टिसर्ट का बालेन
या हर्कहरु
१७००० भन्दा बेसीको
वलिदान ले जन्मिएका हुन्
तिमी अझै
जन्मिन बाँकि छ
तोसीमा

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार