मूल प्रवाहको आयोजनामा वापीमा खुल्ला भलिवल प्रतियोगिता सम्पन्न (तस्विरहरु सहित)

वापी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय खेल बिभागको आयोजनामा खुला भलिबल प्रतियोगिता भब्य र सानदार रुपमा वापीमा सम्पन्न भएको छ ।

पश्चिम भारत क्षेत्रीय खेल बिभागका सदस्य निखिल रावतको सञ्चालन र पश्चिम भारत क्षेत्रीय खेल बिभागका संयोजक तथा क्षेत्रीय उपाध्यक्ष कृष्ण कुंवरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय उपाध्यक्ष प्रेम पौडेलको प्रमुख आतित्थ्यता रहेको थियो । त्यस्तै केन्द्रीय सचिव तथा पश्चिम भारत क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्की, केन्द्रीय सदस्य गोविन्द बहादुर थापा, श्रीधर शर्मा, टंक कुँवर, केन्द्रीय समिति सल्लाहकार सदस्य मोहन बस्नेत, क्षेत्रीय समिति सल्लाहकार एव समाजीक व्यक्तित्व पवन गुरुंग, क्षेत्रीय समता विभागका शेर बहादुर बि.क., क्षेत्रीय जनजाति बिभागका दिपेश लिम्बु, बाबुराम दहित, गन बहादुर राना, सुरेन्द्र राना लगाएतको आतित्थ्यता रहेको थियो ।

उपस्थिति सम्पूणर्लाई क्षेत्रीय खेल बिभाग सदस्य देवेन्द्र रावलले स्वागत मन्तव्यबाट स्वागत गर्नु भएको थियो। प्रमुख अतिथि प्रेम पौडेलले समाज परिवर्तनको लागि खेलाडीहरुको भुमिका समाजमा महत्वपूर्ण हुने बताउनु भयो । त्यही रुपमा सबै खेलाडीहरुलाई पनि बुझ्न जरुरी रहेको छ पौडेलको भनाई थियो । पौडेलले रिवन काटेर भलिबल प्रतियोगिताको विधिवत उद्घाटन गर्नुभएको थियो ।

उत्कृष्ट खेलको प्रदर्शन गर्दै मुम्बई दादरको टिम प्रथम, भएको थियो । तारापुर टिमले द्वितिय स्थान हाँसिल गर्न सफल भएको थियो । प्रथम टिमलाई प्रमुख अतिथि पौडेलले मेडल, प्रमाणपत्र र शिल दिएर पुरुस्कृत गर्नुभएको थियो भने द्धितीय टिमलाई केन्द्रीय सचिव तथा क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्कीद्धारा पुरस्कृत गरिएको थियो ।

उत्कृष्ट खेलाडी मा दमन टिमबाट खेल्नु हुने निसन्त क्षेत्रीलाई मेडल र प्रमाणपत्र दिएर कार्यक्रमका अध्यक्ष कृष्ण कुँवरले सम्मान गर्नुभएको थियो । सम्पूर्ण खलाडीहरुलाई मेडल तथा प्रमाण-पत्र केन्द्रीय सदस्य गोविन्द बहादुर थापा लगाएत अन्य अतिथिहरुले प्रदान गर्नु भएको थियो । प्रतियोगितामा १३ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार