अवसर साकोसको क्षमता विकास तालिम सम्पन्न

काठमाडौँ । ‘विगत केही समयदेखि नेपालको अर्थतन्त्र ओरालो लाग्दो अवस्थामा छ । यस प्रकारको नकारात्मक परिस्थितिले सहकारी क्षेत्रलाई पनि प्रभावित पारेको हुँदा दृढ इच्छाशक्ति र बलियो सहकार्यले नै यस प्रकारको चुनौतीहरूबाट माथि उठ्न सकिने’ सहकारी विद् कृष्ण प्रसाद आचार्यले बताउनुभयो । नयाँ बजारस्थित अवसर बचत तथा ऋण सहकारी संस्था लि।ले आयोजना गरेको समिति र उपसमितिको क्षमता विकास तालिम कार्यक्रममा वहाँले सो धारणा राख्नुभएको हो ।

नेपालको अर्थतन्त्र ओरालो लाग्नुमा निम्न कारणहरूले काम गरेको सहकारी विद् आचार्यको तर्क थियो- १० विगत ५ महिनाको अवधिमा नेपाली विद्यार्थीहरू विदेश पढ्न जाँदा लगभग ६८ अरब नेपाली रुपैयाँ बाहिरिएको अवस्था र यसरी ठुलो परिणाममा नेपाली पैसा बाहिरिँदा राष्ट्र बैङ्कको संचिति घट्नु २० गैर कानुनी रूपमा हुन्डीको प्रयोग तथा डिजिटल करेन्सी९बिट क्वाइन० को प्रभाव बढ्दै जानु ३० एनआरएनको नेपालको अर्थतन्त्रमा विश्वास घट्दै जाँदा उनीहरूको लगानी घट्दै जानु ४० नेपालीहरू अवैध रूपमा अमेरिका लगायतको देशमा जाँदा नेपाली रुपैयाँ बाहिरिनु ५० पुँजीगत खर्च कम हुँदै जानु ।

‘नेपालको अर्थतन्त्रमा विभिन्न प्रकारका चुनौतीहरू देखा परे पनि एउटा स्पष्ट योजना तथा कार्यविधिका साथ सहकारी आन्दोलनलाई अगाडि बढाएमा जस्तोसुकै कठिन चुनौतीहरूलाई परास्त गर्न सकिने’ सहकारी विद् आचार्यको तर्क थियो । ‘दिगो सहकारिताका लागि नयाँ परिस्थिति अनुसार नयाँ प्रकारले सहकारी संस्थालाई परिमार्जित गर्दै गएमा सहकारी क्षेत्रको भविष्य उज्ज्वल हुने’ वहाँको धारणा थियो ।

चैत्र ४ गतेका दिन आधारशिला कलेजको हलमा सम्पन्न सो तालिम, संस्थाका अध्यक्ष भोलानाथ ढकालको अध्यक्षतामा भएको थियो । व्यवस्थापन समितिका सल्लाहकार, पदाधिकारी, विभिन्न उपसमितिका सदस्य तथा कर्मचारीहरू समेतको सहभागिता रहेको सो तालिमको सहजीकरण संस्थाका सचिव रघुनाथ पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार