नेपालमा ‘अमेरिकी हस्तक्षेप’ बारे राष्ट्रिय जनमोर्चाले वृहत अन्तरक्रिया गर्ने

काठमाडौं । राष्ट्रिय जनमोर्चाले नेपालमा बढ्दो विदेशी हस्तक्षेपबारे विज्ञसहित वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

‘नेपालमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप र राष्ट्रियता रक्षाको प्रश्न’ विषयमा राजमोले अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो ।

आगामी वैशाख २ गते काठमाडौंको वागबजारस्थित हार्दिक होटलमा कार्यक्रम आयोजना गर्न लागिएको केन्द्रीय सदस्य घनश्याम न्यौपानेले जानकारी दिनुभयो ।

कार्यक्रममा अध्यक्ष चित्रबहादुर केसीले अवधारणा पत्र प्रस्तुत गर्नुहुनेछ ।

अवधारणा पत्र उपर नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाल, वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, प्रा डा श्रीधर गौतम, जलस्रोतविद रत्नसंसार श्रेष्ठ, विश्लेषक हिरण्यलाल श्रेष्ठलगायतले टिप्पणी गर्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार