काठमाडौं । बहराइन नेपाली एकता समाजले केन्द्रीय सदस्य यम्मर खत्रीलाई सम्मानसहित स्वदेश विदाइ गरेको छ ।
मंगलबार एक कार्यक्रमबीच एकता समाजका नेता कार्यकताहरुले सम्मान पत्र सहित नेता खत्रीलाई बहराइनबाट विदाइ गरेका हुन् ।
बहराइन नेपाली एकता समाजका अध्यक्ष धनबहादुर कार्कीले सामाजिक सञ्जालमार्फ सो जानकारी दिनुभएको हो ।
कार्कीले भन्नुभएको छ, ‘लामो समय देखि बहराइनलाई आफ्नो कर्म थलो बनाउदै आउनु भएको एकता समाजका कर्मठ जुझारु अत्यन्तै सयोगी यम्मर खत्री कर्म थलोलाई बिट मार्दै स्वदेश लाग्ने निर्णय गर्नु भएकोले बहराइन नेपाली एकता समाजले उहाँलाई सम्मान पत्र दिँदै उहाँको यात्रा र नेपाल बसाई अत्यन्तै सहज रहोस्, हजुरले यहाँ रहेर संगठनलाई दिएको योगदान स्वदेशमा पनि क्रियाशील रहोस भन्दै हजुरले यहाँ रहेर संगठन लाई दिएको योगदानको उच्च कदर र सम्मान प्रकट गर्दछौं ।’