नयाँ दिल्ली । रोजगारीको खोजीमा भारत पसेका नेपालीहरूले एक सय चौतिसौँ श्रमिक दिवस विविध कार्यक्रमको आयोजना गरी मनाएका छन् । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको अगुवाईमा भारतका विभिन्न शहरमा श्रमिक दिवस मनाइएको हो ।
हैदराबादमा हैदराबाद उत्तर, मध्य र दक्षिण नगर समितिको संयुक्त तत्वावधानमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मजदुर दिवसको इतिहास र वर्तमान अवस्था, स·ठन र अनुशासन, देशको वर्तमान परिस्थितिको बारेमा केन्द्रीय उपाध्यक्ष प्रेम पौडेल र केन्द्रीय सदस्य तथा मध्यदक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलले प्रशिक्षण दिनु भएको थियो ।
सूर्यबहादुर थापाको सञ्चालन, कुमार थापाको अध्यक्षता, वीर सहिदप्रति एक मिनेट मौन धारण पश्चात् मीनबहादुर थापाले स्वागत गर्नुभएको थियो।कार्यक्रममा केन्द्रीय सदस्य फूलबिना पौडेल, क्षेत्रीय समितिका सचिव तिलक राना र कोषाध्यक्ष घनश्याम शर्माको पनि आतिथ्य रहेको थियो ।
नागपुर,
त्यसैगरी नागपुर नगर समितिले पनि एक सय चौतिसौँ अन्तर्राष्ट्रिय मजदुर दिवस मनाएको छ ।
तेजबहादुर पुनको सञ्चालन, वीरबहादुर चन्दको अध्यक्षता, वीर सहिदप्रति एक मिनेट मौनधारणपश्चात् म·लबहादुर पुनले स्वागत गर्नुभएको थियो । कार्यक्रममा मेदिवसको बारेमा चर्चा गर्दै मध्यदक्षिण क्षेत्रीय उपाध्यक्ष रूपलाल जिएम, क्षेत्रीय सदस्य ईश्वर पुन, महिला विभागकी मिना पुन, विद्यार्थी विभागकी रोशनी चन्द र नागपुर नगर समितिका इन्द्रलाल घर्तीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
चेन्नई,
दक्षिण भारतमा क्षेत्रीय समितिद्वारा सञ्चालित चेन्नै महानगरीका पूर्व, पश्चिम, उत्तर र दक्षिण चारओटै नगर समितिको संयुक्त आयोजनामा एक सय चौतिसौँ मे दिवश सम्पन्न भएको छ ।
मूल प्रवाह दक्षिण भारत क्षेत्रीय प्रतिनिधि तथा चेन्नै दक्षिण नगर सचिव उमानन्द चालीसेको अध्यक्षता र दक्षिण भारत क्षेत्रीय सदस्य तथा चेन्नै उत्तर नगर सदस्य काशिराम शर्माले उद्घोषण गर्नुभएको उक्त कार्यक्रममा मूल प्रवाहका महासचिव कुलबहादुर थापा, केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय अध्यक्ष चन्द्रबहादुर थापा, केन्द्रीय सदस्य चन्द्रकान्त शर्मा, केन्द्रीय सदस्य केशमान नेपाली, दक्षिण भारत क्षेत्रीय सदस्य जीवन शर्मा, दक्षिण भारत क्षेत्रीय सदस्यहरू खगराज आचार्य, नेत्रलाल शर्मा, कोटिप्रसाद पोखरेल र खगेश्वर सुनारले अतिथिको आशन ग्रहण गर्नुभएको थियो ।
एक मिनेट ज्ञातअज्ञात सहिदप्रति मौनधारण गरिएको थियो भने उपश्थित जनमानसलाई समाजका केन्द्रीय परिषद्् तथा चेन्नै पश्चिम नगर अध्यक्ष बुद्धिराम पौडेलले स्वागत गर्नुभएको थियो । कार्यक्रम सफलताको शुभकामना दिनुहुनेमा माहासचिव कुलबहादुर थापा, चन्द्रकान्त शर्मा, केशमान नेपाली, चन्द्रबहादुर थापा, जीवन शर्मा, खगराज आचार्य, कोटिप्रसाद पोखरेल, नेत्रलाल शर्मा, खगेश्वर सुनार हुनुहुन्थ्यो ।
कार्यक्रममा स·ठनमा सदस्यहरूको दायित्वबारे खगेश्वर सुनार, स·ठनात्मक कार्यप्रणाली र अनुशासनबारे चन्द्रकान्त शर्मा र नेपालको समसामयिक राजनीतिबारे महासचिव कुलबहादुर थापाले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा समाजका दक्षिण भारत क्षेत्रीय कोषाध्यक्ष तथा चेन्नै दक्षिण नगर अध्यक्ष लोकेन्द्र पौडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
चिदम्बरम,
त्यस्तै, चिदम्बरमको आयोजनमा एक सय चौतिसौँ अन्तर्राष्ट्रिय मजदूर दिवस मनाइएको छ ।
गोकुलबहादुर गायकको उद्घोषण, सूर्यमान गिरीको अध्यक्षता, केन्द्रीय सदस्य बालाकृष्ण गायक र क्षेत्रीय सदस्य नारायण शर्माको अतिथि आसन ग्रहणपश्चात् ज्ञातअज्ञात सहिदप्रति एक मिनेट मौनधारण गरी अघि बढेको उक्त कार्यक्रममा उपस्थित सम्पूणर् जनसमुदायलाई शब्दद्वारा विनोद जिसीले स्वागत गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बालाकृष्ण गायक, क्षेत्रीय सदस्य नारायण शर्मा र परिषद् सदस्य हेम बिजीले मन्तव्य राख्नुभएको थियो । नगर सदस्य जीवन पराजुलीले अनलाइन माध्यमबाट सो कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।
लुधियाना,
त्यसगरि लुधियाना नगर समितिको आयोजनामा १३४औं अन्तर्राष्ट्रिय मजदुर दिवशको कार्यक्रम राजमो महासचिव मनोज भट्टको प्रमुख आथित्यतामा सम्पन्न भएको छ ।
सभालाई सम्वोधन गर्दै महासचिव भट्टले संसार भरका श्रमजीवी वर्गको हकहित र अधिकार कुण्ठित भइरहेको वर्तमान अवस्थामा मजदूरहरुको हकअधिकार रक्षाको लागि मई दिवशलाई वर्ग संघर्ष र मजदुर मुक्तिको आन्दोलनसँग जोड्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
सभामा मजदुर आन्दोलन बारे प्रकाश पार्दै बोल्ने वक्ताहरुमा मूल प्रवाह केन्द्रीय अध्यक्ष ठाकुर खनाल, उपाध्यक्ष कपिल खनाल, केन्द्रीय सल्लाहकार राजकुमार शाही, क्षेत्रीय सदस्य उदैसिंह चन्द, चक्रसिंह नगरबाट धन बहादुर मगर, नन्दराज भन्डारी, महिला विभागका बिमला खाती र मन्जु उपाध्याय लगाएत हुनुहुन्थ्यो।
कार्यक्रम देवीराम भापाको अध्यक्षता तथा अर्जुन कार्कीको संचालनमा सम्पन्न भएको थियो ।
चण्डिगढ,
त्यसैगरि चण्डिगढ नगर समितिको आयोजनामा १३४औँ मजदुर दिवसको कार्यक्रम सम्पन्न भएको छ।
सभालाई सम्बोधन गर्ने वक्ताहरुमा मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खड्का, केन्द्रीय सदस्य एवम् नेपाली समाचार संयोजक खिमराज चालिसे, केन्द्रीय सल्लाहकार प्रेम आचार्य, सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य जुना चालिसे, रक्तिम केन्द्रीय सदस्य बिनु नेपाली, महिला क्षेत्रीय सदस्य सीमा खडका, जनजाति विभागका थमन थापा, नगर सदस्य थानेश्वर पाण्डे, महिला विभागकी मन्जु सुनार, लक्ष्मी अधिकारी, समता विभागका दुर्गा विक, विद्यार्थी संघका नारायण आचार्य, एरियाका बलुराम बन्जाडे लगायत हुनुहुन्थ्यो ।
मानबहादुर केसीको अध्यक्षता तथा प्रेम गुरुङको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा ज्ञात अज्ञात शहीदहरुको सम्झनामा एक मिनट मौनधारण पश्चात किसन खनालले स्वागत गर्नुभएको थियो ।
संगरुर,
त्यसैगरि संगरुर नगर समितिको आयोजना मा १३४औं अन्तर्राष्ट्रिय मजदुर दिवश कार्यक्रम सम्पन्न भएको छ ।
सभामा मजदुर आन्दोलन बारे प्रकाश पार्दै बोल्ने वक्ताहरुमा मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य खेमराज पोख्रेल, भुपु मूल प्रवाह नगर कोषाध्यक्ष एवं हाल किसान संघका नेता निमलाल आचार्य, नगरका गुणानिधी आचार्य, ममता भुसाल, अमृता खनाल, शान्ता परियार, पार्वती विक्रय, लक्ष्मी परियार र सरस्वती बेल्बासे लगाएत हुनुहुन्थ्यो ।
कार्यक्रम नारायण भुसालको अध्यक्षतामा तथा राम प्रसाद खनालको सञ्चालन र सरिता भुसालले स्वागत मन्तव्य दिनुभएको थियो ।
हिसार,
त्यसैगरि हिसार नगर समितिको आयोजनामा १३४औँ अन्तर्राष्ट्रिय मजदुर दिवशको कार्यक्रम सम्पन्न भएको छ ।
सभामा मजदुर आन्दोलनबारे प्रकाश पार्दै बोल्ने वक्ताहरुमा मूल प्रवाहका वैकल्पिक केन्द्रीय सदस्य तारा सोमरे, र नगर सदस्य हुमाकान्त अधिकारी हुनुहुन्थ्यो ।
कार्यक्रम बाबुराम पोख्रेलको अध्यक्षता तथा कमला बगालेको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत सिता पोख्रेलले गर्नु भएको थियो ।
बैंगलोर दक्षिण,
त्यसैगरि नगर समिति बेंगलोर दक्षिणको आयोजनामा १३४औं मई दिवस कार्यक्रम सम्पन्न पारिएको छ ।
दान बहादुर पहरीको सञ्चालन, नरेश बिकको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा क्षेत्रीय समितिका उपाध्यक्ष दसरथ बिक, महिला क्षेत्रीय विभागकी पार्वती विक, नगर समितिबाट रमेस विक, महिला नगर विभागबाट सुनिता विक, ज्योति विक, रमिला जाग्रीले मन्तव्य दिनुभएको थियो ।
रक्तिमका कलाकारहरुद्वारा स्वागत गीत र मन्तव्यबाट रामराज पौडेलले उपस्थित सम्पूणर्लाई स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
भिवानी,
त्यसैगरि नगर समिति भिवानीद्धारा १३४औं अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा क्षेत्रीय सम्मेलन सन्देश सभा कार्यक्रम भब्य सम्पन्न पारिएको छ ।
नगर समितिका अध्यक्ष मोहन सिंह विकको अध्यक्षता र भिम बहादुर रायमाझीको सञ्चालनमा उक्त कार्यक्रम अघि बढेको थियोे । शहिदहरुप्रति सम्मान गर्दै एक मिनेटको मौनधारणा पछि भिवानी नसका संस्थापक सदस्य श्री वीर बहादुर कोपिला, नगर समितिका गोवर्धन बिक, बिकाश मल्लठकुरी, अमित्रा बिक, सुरेन्द्र सिंह ठकुरी, भुप बहादुर थापा, हस्तु देबि बिक, कमला परियार, उर्मिला कोपिला, मान बहादुर रायमाझी, श्याम विक, गोपाल सोनी लगायतले मन्तव्य दिनुभएको थियो ।
पश्चिमोर क्षेत्रीय सम्मेलनद्धारा निर्वाचित सदस्यहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियोे ।
कोट्टयाम,
त्यसैगरि कोट्टयाम नगर समितिको आयोजनामा १३४औं अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवस एरिया स्तरिय भलिबल तथा महिला बालबालिका का विभिन्न खेलहरु सहित सम्पन्न गरिएको छ ।
एकराज पौडेलको अध्यक्षता र दिल बहादुर रानाको सञ्चालनबाट अगाडि बढेको अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसमा दक्षिण भारत क्षेत्रीय सहसचिव तथा नगर अध्यक्ष धर्मराज शर्मा, दक्षिण भारत क्षेत्रीय सदस्य भद्र बहादुर थापा, मनोज जिसी, क्षेत्रीय जनजाति बिभागका कुमारी थापा, रक्तिम बिभागका सम्झना श्रिस थापा, विद्यार्थी विभागका आलोक म्याकमिलन लगायतले मन्तब्य दिनुभएको थियो ।
पाँच टिम बीच प्रतिस्प्रधा भएको थियो । उक्त खेलमा कायमकुलम ए टिम प्रथम कायमकुलम बि टिम द्वितिय कायमकुलम सि टिमले तृतिय स्थानको पुरस्कार प्राप्त गरेको थियो भने माबेलिकरा चेट्टिकुलंगाराले सान्त्वोना पुरस्कार प्राप्त गरेको थियो । खेलको उद्घाटन धर्मराज शर्माले गर्नुभएको थियो ।
पाँच देखि दश बर्ष भित्रका बाल बालिकाको खेलमा बिभाग प्रथम कुमार सार्की, द्वितीय जीवन श्रिस थापा, र सुसन पुनले तृतिय पुरस्कार प्राप्त गरेका थिए । बालिकामा प्रथम ज्योति श्रिस थापा र द्वितीय सिरियाले पुरस्कार प्राप्त गरेका थिए ।
दशदेखि पन्ध्र बर्षसम्मका बालमा प्रथम सन्तोष कुमार परियार र पुरन थापा द्वितीय पुरस्कार प्राप्त गरेका थिए । त्यस्तै बालिकामा प्रथम सिर्जना परियार र द्वितिय मेखनाले प्राप्त गरेका थिए।
महिलाहरुको घैटाफोर खेलमा प्रथम कुमारी थापा, द्वितिय सम्झना श्रिस थापा र धनाले तृतिय पुरस्कार प्राप्त गरेका थिए । बिबस सुनारले उत्कृष्ट र हरि नेपालीले बेस्ट प्लायरको पुरस्कार हात पारेका थिए । गोपाल सिंग, गणेश थापा र एकराज पौडेलले अफिसियल पुरस्कार प्राप्त गर्नुभएको थियो ।
खेलको पुरस्कार धर्मराज शर्मा भद्र बहादुर थापा र मनोज जिसिको रोबहरमा बिरतण गरिएको थियो ।
कार्यक्रममा ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनट मौनधारण पछि उपस्थित जनमानसहरुलाई गणेश परियारले शब्दबाट र रक्तिम कलाकारहरुले गितबाट लेफ्ट राईटको कतारमा स्वागत गरेका थिए ।
बैंगलोर उत्तर,
त्यसैगरि बैंगलोर उत्तर नगर समितिको आयोजनामा १३४औं अन्तर्राष्ट्रिय मई दिवस कार्यक्रम सम्पन्न भएको छ ।
दुरा पहरीको अध्यक्षता र जानकी खनालको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा क्षेत्रीय सदस्य धर्म पहरी, बैंगलोर उत्तर नगर समितिबाट तिलक बहादुर केसी, दक्षिण नगर समितिबाट रामराजा पौडेल, महिला विभागकी सदस्य निर्मला दाहाल, विद्यार्थी बिभागबाट बसन्ता दाहालले मन्तव्य दिनुभएको थियो । स्वागत मन्तब्य सीता कुँवरले गर्नु भएको थियो ।
रोहतक,
त्यसैगरि रोहतक नगर समितिको आयोजनामा १३४औं अन्तर्राष्ट्रिय मजदूर दिवस सम्पन्न पारिएको छ । नगर अध्यक्ष सुभाष गौतमको अध्यक्षता र धर्म सुनार प्युठानीको सञ्चालनबाट अगाडि बढेको कार्यक्रममा विभिन्न एरिया, विभाग, टोल समितिका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागिहरुलाई नगर सदस्य गणेश गौतमले उपस्थित सम्पूणर्लाई शब्दद्वारा स्वागत गर्नुभएको थियो ।
नगर महिला संयोजक सिता परियार, सिविल लाईन एरिया अध्यक्ष विक्की परियार, नगर सदस्य राम बहादुर थापा, सिटी एरिया सदस्य डिलुराम भट्टराई, आदर्श नगर टोल समितिका अध्यक्ष बोबी पन्थी, कमल कालोनी टोल समितिका अध्यक्ष लक्ष्मी मल्ल, अस्तलवोर टोल समितिका अध्यक्ष हेमन्त बिक, सुखपुराचोक टोल समितिका राजु सुनार लगायत मन्तव्य राख्नुभएको थियो ।
निलगिरी,
त्यसैगरि निलगिरी नगरद्धारा १३४औं अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइएको छ ।
मिना हमालको सञ्चालन, टेकबहादुर बिकको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा बिरे थापा, क्षेत्रीय प्रतिनिधि जगत बहादुर हमाल, मधु खनाल, महिला क्षेत्रीय बिभागबाट रुपा थापा, महिला बिभागबाट लक्ष्मी विक, जनजाति क्षेत्रीय बिभागबाट लाल बहादुर थापा, उटि एरिया समितिबाट गोपि परियार, बिद्यार्थी क्षेत्रीय बिभागबाट कस्तुरी थापा, साँस्कृतिक विभागबाट सिता नेपाली, महिला बिभागबाट रेखा थापा लगायतल मन्तव्य दिनुभएको थियो ।
कोचिन,
त्यसैगरि कोचिन नगर समितिको आयोजनामा १३४औं मई दिवश भब्य र सान्दार रुपमा सम्पन्न पारिएको छ । कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष जुगराज राहु मगरले र सञ्चालन नगर सचिब जनक बी.सीले गर्नु भएको थियो ।
कार्यक्रममा क्षेत्रीय प्रतिनिधी रिखेन्द्र बी.सी, मूल प्रबाह केन्द्रीय परिषद सदस्य जानकी बी.सी, महिला नगर बिभाग अध्यक्ष सावित्रा घ.म, नगर समितिका नरबहादुर घ.म, निबर्तमान राजमो स्वर्गद्वारी नगर पालिका वडा नंबर ५ वडा सदस्य तथा नगरपालिका सदस्य सान्ता बी.सी लगायत मन्तव्य दिनुभएको थियो ।
नयाँ दिल्ली,
त्यसैगरि नगर समिति नयाँ दिल्ली नगर समितिको आयोजनामा १३४औं अन्तर्राष्ट्रिय में श्रमिक दिबस साथै दसौं पश्चिमोत्तर क्षेत्रीय सम्मेलनको सन्देश सभा सम्पन्न पारिएको छ ।
मुक्ति भुसालको अध्यक्षता, बिष्णु खनालको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा सहभागिहरुलाई तिलक खनालले स्वागत गर्नुभएको थियो । कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य धनबीर पुन, केन्द्रीय सल्लाहकार बिन बहादुर केसी, क्षेत्रीय सदस्य लक्ष्मी खडायत, महिला बिभागबाट मन्जु रायमाझी, सिता केसी, साबु खनाल र साँस्कृतिक बिभागबाट निर्मला पुन लगायतले मन्तव्य राख्नुभएको थियो ।
दशौं क्षेत्रीय सम्मेलनद्धारा निर्वाचित सम्पूणर् सदस्य एवं क्षेत्रीय विभागमा पर्नु भएका सम्पूणर्लाई बधाई एवं कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो