रोपड । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चिमोत्तर क्षेत्रीय महिला विभागको आयोजनामा अगस्त १६, २०२३ का दिन प्रशिषण सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य सरिता जिसीको प्रमुख आतिथ्यमा भारत पन्जाब राज्यको रोपडमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि एवम् प्रशिक्षक जिसीको महिलाहरूको वर्तमान अवस्थामा र अखिल नेपाल महिला सङ्घले खेलेको भूमिकाको विषयमा चर्चा गर्नुभएको थियो ।
महिलानेतृ जिसीले भारतमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले निभाएको अभिभावकिय भूमिकाको पनि चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सचिव एवम् सुदुर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा, केन्द्रीय महिला विभागकी सदस्य शुष्मा खड्का, सुदूरपश्चिमोत्तर क्षेत्रीय महिला विभागकी संयोजक सीता सापकोटा, क्षेत्रीय सदस्य शिवलाल लामिछाने र खगी थापा, केन्द्रीय परिषद् सदस्य मदन थापा र जनजाति विभागका बिलबहादुर गुरुङको आतिथ्य रहेको थियो ।
प्रशिक्षण कार्यक्रम मन्जु थापाको अध्यक्षतामा तथा रूपा कार्कीको सञ्चालनमा सम्पन्न भएको हो भने स्वागत विष्णु थापाले गर्नुभएको थियो ।