बालिका शर्मा (कोट्टयाम)
घुम्दै फिर्दै तिज आयो बर्षदिनको पर्व
भारत स्थित दिदिबैनि बनौ एकबद्व।।
दिन रात बित्छन बरै दु:खपिर बेथामा।
कैले आउलान नयाँ दिन सु:ख गितमा।।
बर्षैभरि दु:ख गर्छौ कुर्दै दिन सुखका।
बर्षदिनको तिजमा माईतजाने सपना सजाका।।
सँधैभरि डरत्रास भारतमा हेरन।
कैलेईपनि सान्तिपुर्ण भएन मनमा।।
आयो भन्छन नियम कानुन सँबिधानमा भरेर।
हामी महिला सुरक्षित छैनौ हिन्सा गरेर।।
चारै दिशा हत्या हिँसा बलत्कारको त्रास।
नाबालिका हत्यागर्छ गिद्वे पिचास।।
जस्ले जस्तो गरेपनि सहनु पर्ने हामीले।
न्यय कहिले पाउने हो हामी नारीले।।
उठ्नुपर्छ जुट्नुपर्दछ एक आवाज बनेर।
रक्तपिपासुलाई फासीदिने कानुनको नारा बोकेर।।