मिना हमाल (निलगिरी)
नेपालका जनता सबै बिदेसमा लहर
कठै हाम्रो प्यारो देश भयो कंगाल
बर्ष दिनको तिज पनि आयो फेरी घुमेर
बिदेस मा डुल्दा डुल्दै गयो उमेर
कतिन्जेल बन्ने होला बिदेसको दासी
रोजगारको अभाबले भयौ प्रवासी
बर्ष दिनको तिज पनि आयो फेरी घुमेर
बिदेसमा डुल्दा डुल्दै गयो उमेर
नारी पुरुष हामी सबै बिदेसमा धाउने
हाम्रो प्यारो मातृभूमि कस्ले बचाउने
बर्ष दिनको तिज पनि आयो फेरी घुमेर
बिदेसमा डुल्दा डुल्दै गयो उमेर
फर्क अब सो देसमा युवा शक्ति जवान
देश बचाउन लाग्नु पर्यो सबलाई आव्हान
बर्ष दिनको तिज पनि आयो फेरी घुमेर
बिदेसमा डुल्दा डुल्दै गयो उमेर ।