कृष्णा राना (दाङ)
यसपालिको तीजमा रमाएर नाचिन्छ,
महिला हिंसा विरुद्धको गित गाइन्छ ।
जन्म घर देखि नै छाेरीलाई विभेद छ
छाेरा सरह छाेरीलाई अंश चाहिन्छ ।
महिला माथि घटना दिन दिनै बढ्दै छन्
सबै खाले हिंसाले महिला पिडीत छन् ।
महिलाले हत्या हिंसा कतिन्जेल सहने ?
महिलाकाे जीवन रक्षा कसले लिने ।
महिलालाई समाजमा समानता चाहिन्छ
महिला मुक्ति आन्दाेलनकाे गित गाइन्छ ।।