नई दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्ली नगर समिति अन्तर्गत रहेका एरिया समितिहरुको संयुक्त भेला सम्पन्न भएको छ ।
सो नगर समिति अन्तर्गत रहेका पूर्वी दक्षिण, मध्य र पश्चिम दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला २० अगस्त २०२२ का दिन सम्पन्न भएको हो । तिलक खनालको अध्यक्षता, दिनेश पन्थीको सञ्चालनबाट अगाडि बढेको सो भेला शहिदहरुप्रति एक मिनेट मौनधारण पछि मन्तव्यबाट सालीकराम पौडेलले र सांगितिक कोशेलीद्धारा रक्तिम परिवारका कलाकारहरुले सहभागिहरुलाई स्वागत गरेका थिए ।
भेलामा केन्द्रीय समितिका सदस्य विक्रम सिंह राणा, शिव केसी, केन्द्रीय सल्लाहकार बिनबहादुर केसी, पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य पीनु थापा, साँस्कृतिक विभागबाट पहल सिंह परियार, विद्यार्थी विभागबाट अजय रेस्मी, क्षेत्रीय महिला विभागबाट लक्ष्मी खडायत, रेशमी पुन, सिता केसी, नई दिल्ली नगर समितिका सचिव विष्णु खनालको आतित्थ्यता रहेको थियो ।
तिन एरियाहरुलाई दुई एरियामा समेटने गरि दक्षिण दिल्ली र मध्य दिल्लीमा कायम गर्ने गर्ने भेलाले घोषणा गरेको छ । दुवै एरिया समितिको घोषणा केन्द्रीय सदस्य शिव केसीले गर्नुभएको थियो ।
पश्चिम दिल्ली :
अध्यक्ष- निरिज पुन, उपाध्यक्ष- गणेश खड्का, सचिव- सिता केसी, सहसचिव- गोपाल केसी, कोषाध्यक्ष- रोमा खनाल, सदस्यमा क्रमशः बालकृष्ण पुन, दिपक भुसाल, सरिता पुन, करण पुन, झक बहादुर कुँवर, सावित्रा कुँवर, लालबहादुर कुँवर, चन्द्र बस्याल, बैकल्पिक सदस्यमाः तन बहादुर बैजाली, मञ्जु घिमिरे, कमला भुसाल र गणेश विक रहनुभएको छ । त्यस्तै मिना खनाल, रिषी राना र कृष्ण जिसीलाई भेलाले सल्लाहकार चयन गरेको छ ।
मध्य दिल्ली :
अध्यक्ष- सालीकराम पौडेल, उपाध्यक्ष- रामबहादुर रायमाझी, सचिव- राम बहादुर जिएम, सहसचिव- हेमा भण्डारी र कोषाध्यक्ष- मञ्जु रायमाझी रहनुभएको छ : त्यस्तै सदस्यमा क्रमशः मन बहादुर पुन, मन बहादर पुन (पाल्पाली), बलराम परियार, रामप्रसाद पौडेल, श्याम खड्का, विस्नी रायमाझी, शान्ता केसी, वैकल्पिक सदस्यमाः रामलाल घिमीरे, पार्वता पौडेल, विनोद रायमाझी र राधाना घिमीरे रहनुभएको छ । त्यस्तै मनकला भुसाल, कमला शर्मा, ओम प्रकाश कुँवर र रामजी घिमीरेलाई भेलाले सल्लाकार चयन गरेको छ ।
नयाँ समितिलाई बिक्रम सिंह राणा, शिव केसी, बिनबहादुर केसी, पीनु थापा, पहल सिंह परियार, अजय रेस्मी, लक्ष्मी खडयत, रेशमी पुन, सिता केसी, विष्णु खनाल र निरुता पुनले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।
नगर समितिद्धारा कलाकार भाई-बहिनीहरुलाई सम्मान गरिएको थियो । रक्तिमका कलाकारहरुद्धारा वृहत साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।