सरस्वति गायक (पाण्डिचेरी)
तिज आयो दिदी बहिनी नाचौं गाउँ रमाउन
असि साल तिजको शुभकामना-३
सुन्नु होला दिदी बहिनी सुन्नु होला दाजुभाई
लागू गराऊँ महिलाको हकअधिकारलाई-३
कानुनमा नारी पुरुष बराबर भन्या छ
हिंसा शोषण सधैं भरी सहनु पर्याछ-३
घरमा मात्र होइन हाम्लाई स्वतन्त्र चाहिन्छ
जिम्मेवारी पायौं भने देशै चलाइन्छ-३
सदियौंदेखि महिला हिंसा यौनजन्य शोषण
बलत्कारीलाई फाँसी हुने बनाऊँ कानुन-३
नबसौं है नारीहरू अत्याचार सहेर
संगठित आवाज उठायौं एकजुट भएर- ३
महिला विभेद मात्र होइन, जातीय विभेद उस्तैछ
विभेदहरू अन्त्य भए देश बन्ने छ-३
पशु पककक्षि जनावरलाई पुजा सम्मान गरिन्छ
जातको नाममा घृणा गर्ने विडम्बना छ-३
रुढीवादी समाजलाई परिबर्तन गर्नुछ
बर्गिय मुक्ति आन्दोलनमा सबै जुट्नुछ-३
कति बस्ने प्रदेशमा सधै दासी भएर
फर्कौ स्वदेश केही गर्ने अठोट लिएर-३
सिप सिकांै उधमी बनौं पौरखमा बाँच्नु छ
विदेश जाने दाजुभाई अब रोक्नु छ-३
नारी पुरुष सबै जाति बराबर हांै सबै
भाषण होईन समान ब्यावाहर गरौं बरिलै।
नेपाल हाम्रो घर हो आमाका सन्तान
समृद्ध र प्रगतिको शुभकामना-५