- घनश्याम कोइराला
सन्त बहादुर जीहरूले फरीदावादमा गरेको आठौं अखिल भारत नेपाली एकता सम्मेलन सम्मेलन नभएर मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विरुद्ध गरिएको फूटपरस्त खेतीलाई वैधानिकता दिने नियत भनौ वा खेलोमेलो थियो । अथवा नेकपा (मसाल) विरुद्ध गरिएको हमला थियो ।
अझ बढी, कम्युनिस्ट आन्दोलनका धरोहर का. मोहनबिक्रम सिंहका विरुद्ध पंखे जोरी खोज्न बिगतका फुटप्रस्तहरूको डिजाइनमा त्यसै प्रकारको सैलिमा गरिएको कथित आठौं अखिल भारत सम्मेलन थियो । जसको प्रमाण स्वयं सन्त बहादुर नेपाली जीको भाषणबाट प्रष्ट हुन्छ, हाँक टुडेको फेसबुक वालमा अझै पनि देख्न र सुन्न जो कसैले पनि सकिन्छ ।
उद्घाटन मन्तव्यमा सन्त बहादुर नेपाली जीले आफ्नो नीति, सिद्धान्त, बिचार आफ्ना कार्यकर्ताहरू र सम्मेलनमा सहभागीहरूलाई प्रष्ट्याउने भन्दा पनि का. मोहन बिक्रम सिंह विरुद्ध खनिएका थिए । उनले एकता समाजको लामो गरिमामय इतिहास बताउन सकेनन् । देशमा भएको बेथिति, भ्रष्टाचार, लुटका विरुद्ध बोल्नु नेपालीले उपयुक्त संझिएनन् । एमसीसी र संघीयता विरुद्ध आवाज चुइंक्क पनि निस्किएन । नेपाली, अमेरिकी र भारतीय साम्राज्यवादको विरुद्ध बोल्न लगलगि काँपे । देशिय, सामन्तवाद र प्रतिक्रियावादी दलाल नोकरसाही पुँजिपती बर्गको बिरोध गर्न उनले मुनासिब संझिएनन् ।
सायद सबै देशी, बिदेशी, सामान्तवादी, प्रतिक्रियावादी, साम्राज्यवादी शक्तिका विरुद्ध बोल्नु भन्दा का. मोहन बिक्रम सिंह विरुद्ध बोल्दा र भाषण गर्दा आफूलाई ठूलो र खाँटी क्रान्तिकारी बनिन्छ भन्ने ठानेर होला आफ्नो असली बिरोधि शक्ति का. मोहन बिक्रम सिंहलाई ठान्नु भयो ।
बिगत युद्ध कालमा ॅमाओवादीहरूले हामीले भनेको काँग्रेसले मान्छ, एमालेले मान्छ, राजावादीहरूले मान्छन्, भारतले मान्छ, हामीसँग निहुँ खोज्ने भनेको मोहन बिक्रम सिंह र मसाल गुट हो । अब मोहन बिक्रम सिंहलाई हाड-छाला-मासु नभेटिने गरि सफाया गर्नु पर्छ’ भनेर घोषणा गरेका थिए । आखिर त्यही माओवादीहरूले युद्धकालमा नसकेको काम पूरा गर्न सन्त बहादुर नेपाली-विमल शर्मा एण्ड कम्पनीले लिएकोता होइन ? आखिर किन त्यति तल गिरेर का. मोहन बिक्रम सिंहलाई आफ्ना बिरोधि शक्ति भनेर किटान गरेको होलान् ?
के का. मोहन बिक्रम सिंह विरुद्ध यतिका लामो र गरिमामय इतिहास भएको महान ब्यक्तित्व विरुद्ध खनिदा दुनियाँले बिस्वास गर्यो कि गरेन ? त्यो त सम्मेलनको झलकले नै प्रमाणित गरेको छ । के सन्त बहादुर-विमल शर्माहरूले का. मोहन बिक्रम सिंह विरुद्ध लगाएका आरोप पुष्टि गर्न सक्लान् ? आखिर किन हिंज तिनी असफल पुष्टि भएका पुरना डकुमेन्ट फोटो कपि लिएर हिडेका छन् ?
उनीहरूले कम्युनिस्ट आन्दोलनको नाममा बिग्रेका दक्षिणपन्थी-मध्यमपन्थी-उग्रवामपन्थीहरू विरुद्ध बोल्न, भण्डाफोर गर्न छोडेर जीवनको लामो र गरिमामय इतिहास बोकेका कम्युनिस्ट आन्दोलन विरुद्ध कुनै सम्झौता सौदावाजी नगरि अझै पनि कम्युनिस्ट पार्टीको झण्डालाई झुक्न नदिने महापुरुष विरुद्ध किन खनिएका छन् ? उनीहरू त्यसो गर्नुमा कहीं न कहिंबाट सञ्चालित छन् वा प्रतिशोधको भावनामा आगबबुला भएका हुन्, त्यो भविष्यको गर्भमा नै छ ।
आशा गरौं कम्यूनिष्ट आन्दोलनलाई नयाँ उचाई पुर्याउन सन्त बहादुर नेपाली-बिमल शर्मा एण्ड कम्पनीले आबेगमा आएर बिरोधका लागि बिरोध गर्न छोडेर कसैले बिस्वास गर्न नसक्ने गैरजिम्मेवार अभिब्याक्तीहरू होस्मा आई, व्यक्तिगत महत्वाकांक्षा एवं संकृढणवादी चरित्रबाट मुक्त हुनु पर्ने आवश्यकता छ ।