रामप्रसाद गैरे
मेरो देश ढकमक्क फुल्ने फुल बनाउँछु
सेतो हिमाल चन्द्र–सूर्य झण्डा लहराउँछु
युवा जगत्मा दिप ज्ञान ज्योति फिजाउन
उठी जुटी जनलाई पनि अब हसाउँछु
हुँदाखाने समूहको म भएर हितैषी
भोको पेट अनि नाङ्गो जिउ सजाउँछु
खोजी उनलाई काममाम मैले दिनुपर्छ
सधैँलाई विकृतिको परम्परा हटाउँछु
रुनु रोए देशवासी आँशु देख्ने कोही छैन
गर्छु काम हितैषीको सबैलाई मित्र बनाउँछु ।