- तारा सोमरे
प्रस्तुत लेखमा मैले काल्पनिक पात्रहरु मार्फत यो सामाजिक संरचना भित्र महिलाहरु माथी हुने दर्दनाक अमानवियतालाई पस्कने प्रयास गर्दैछु ।
आज म १३ वर्षको उमेरमा बिवाह बन्धनमा बाँधिएकी चेली र १५वर्ष कि चेलिको पिडादायक जीवन र उनीहरुको कोखमा जन्मिएका दुई नानिहरुको भविष्य प्रत्ती प्रकाश पार्ने छु ।
मानव समाज भनेको लाखौं जीव एवं प्रजातिहरु भन्दा उच्चस्तरीय रुपमा विकास भएको छ । कतिपय जनावर व पंक्षिहरु मानिसको केही नक्कल वा मानिसले दिएको प्रशिक्षण पछि आंशिक रुपमा मानिसलाई सहयोग गर्छन् । चेतनशील, सामाजिक प्राणिको रुपमा गुणस्तरीय विकास हुँदाहुँदै पनि केही व्यावहार वा क्रियाकलापहरुलाई हेर्दा वा गहिराई साथ बुज्दा अमानवीय रुपमा गिरेर मानिसले प्रशिक्षण गरिएका जनावर भन्दापनी तल झरेर कार्यहरु गरेका हुन्छन् ।
मानिस मानिसको बिचमा घुलमिल भएर हरेक मानिसहरुको नजिकैबाट उसलाई सम्झन वा बुझ्नको लागि व्याक्तिगत स्वार्थ भन्दा माथी उठेर सामाजिक जीवनलाई व्यापित गर्ने क्रममा मानवताले भोगिरहेका दर्दनाक पीडा, सहेका अन्याय, भोक प्यासले छट्पटाई रहेका लाखौं मानिसहरुसँग प्रत्यक्ष भेटेर उनीहरुले विताएका दैनिकी दिनचर्या वा भोगिरहेका कठोर जीवनको बारेमा बुझ्न वा देख्न सकिन्छ ।
म सामाजिक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज शीत आवद्ध भएर भारतमा बस्ने श्रमजीवी नेपालीहरुको हरेक दुःख, सुख र अन्याय, अत्याचारको साथमा पारिवारिक झै झगडा र देशभित्र हुने जनतन्त्रिक आन्दोलनसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा २७ वर्षदेखि जोडिएर कार्य गर्दै आउँदा अत्यन्तै पिडादायक जीवन बिताई रहेका मानिसहरुसँग वहाँहरुका समस्यालाई समाधान गर्दै आएका छौं ।
यहीँ यात्रामा श्रमजीवी नेपालीहरुको घरदैलोमा पुग्दै गर्दा काल्पनिक नाम (रिना) र फुलमती उमेर १७/१८ वर्षको नाबालिक आमा बनिसक्नु भएका नानिहरुसँग मिले । दुवैको पीडा झंडै एकजस्तै थियो । रिनाको अलिक फरक भनेको उनले अर्को पुरुष मित्रसँग बिबाह नै गर्न खोजेको रहेछन् ।
दुवै बिचमा पुगेर उनीहरुले पोखेका दर्दहरु अत्यन्तै लाजस्पद र सुन्दा आँखा देखि आँसु आउने कुराहरु बताएका थिए । जस्तैः रिनाले आफ्नो पीडा बताए अनुसार उनीको विवाह मात्र १३ वर्षको उमेरमा करिब २४/२५ वर्षको युवकसँग आमा बाबाले मदिरापन पिउने लालचमा गरिदिएको र अहिले १७ वर्षको उमेरसम्म आईपुग्दा २ वर्षको छोरीको जन्मी सकेकी रहेछन् ।
उनीले आफ्नो पीडा बताए अनुसार उनको श्रीमानद्धारा अमानवीय रुपमा गएर दिने यतानाहरु, अनावश्यक शंकास्पद गर्ने, कुनै परपुरुष उनको (श्रीमान)को पछाडि घरमा आएर जानुभयो भने उनले लगाएको भित्री वस्त्रसम्म चेक गर्दा रहेछन् । अहिले रिना श्रीमानको पिडालाई सहनै नसक्ने अवस्थामा सामाजिक कार्यकर्ताको मद्धत लिएकी छन् । उनीले ल्याएका बिषयहरुमा गम्भीरतार्पूवक छलफल गरि केही समाधान गरेको छ ।
त्यस्तै गरेर फुलमतिको समस्या १४/१५ वर्षको उमेरमा सामाजिक सञ्जालद्धारा मायाप्रेम गरि बिबाह गरेको रहेछन् । आज उनी २० वर्षको भएकी छन् तर, उनको काखमा पनि २ वर्ष कि नानी जन्मी सकेकी रहेछन् । उनीको समस्या पनि रिनासँग मिल्दोजुल्दो नै छ फरक मात्र श्रीमानद्धारा भित्री बस्त्र चेक गर्दैन ।
दुवै नाबालिक अवस्थामा आमा बनिसकेका र उनीहरुमाथी भएका अत्याचार, भोगेका पिडाहरु अत्यन्तै दुखदाय छन् । देशको वैवाहिक नियमलाई हेर्ने हो भने पनि २०वर्ष भन्दा पहिला कानुनी रुपमा विवाह भएको स्वीकार गर्दैनन् तर, यहाँ नाबालिक आमा बनिसकेका र अर्को विवाहसम्म गर्न तयार भएकी छन् ।
यस्ता घट्नाहरु नेपाली समाजमा कुनै नयाँ हैन तर, २१औं शताब्दीमा यसरी नाबालिक नानीहरुमाथी हुने अत्याचार, दमन उनीहरुको शारीरिक रुपमा स्वास्थ्य माथी भएका जोखिमपुणर् दर्दनाक पिडाले सिंगो मानव समाजलाई एउटा गम्भीर खतरा भएको छ ।
समाज भित्र यस्ता प्रकारका घट्नाहरुलाई रोक्नको लागि र पारिवारिक सम्बन्धलाई सभ्य रुपमा जोड्दै उच्चस्तरीय चेतनशील प्राणिको परिचय दिनको लागि स्थानीयतहदेखि केन्द्रसम्म समाजको नेतृत्व गर्ने सत्तापक्ष मात्र नभएर विपक्षमा बस्ने राजनीतिक पार्टिका कार्यकर्ता, सामाजिक कार्यकर्ता एवम् मानव समाजलाई संरक्षण गर्नको लागि लाग्नु भएका शिक्षित, बुद्धिजिवी एकतावद्ध भएर विवाह, परिवारको बारेमा राम्रो संदेश वाहक बनी निस्वार्थ रुपमा कार्यगर्न अति आवश्यक छ ।
आज स्टार होटेलहरु र रेस्टुरेन्टहरुमा नारिहरुप्रती भएका विभेदकारी दमनका विरुद्धका कार्यक्रम र यस्ता महिलाहरुका जीवनशीत मेल खादैन । उनीहरुलाई कहिल्यै न्याय पनि मिल्ने गरेको छैन । नारीमुक्ति आन्दोलन, समान अधिकार प्राप्त गर्नको लागि यस्तै पीडा भोगिरहेका महिलाहरुसम्म आन्दोलन र मुक्ती शीत जोडिएका विषयवस्तु लिएर जानुपर्छ र आम नारीहरु सड्कदेखि सदनसम्मको नेतृत्व गर्छन् । तब मात्र यस्ता घट्नाहरुको साथसाथै नारी मुक्ती आन्दोलन सफल हुने छ ।