प्युठानको झिमरुकमा राष्ट्रिय जनमोर्चाको भेला

खलङ्गा । ऐतिहासिक तीन अभियानअन्तर्गत प्युठान जिल्लाको झिमरुक–३ ढाकरडिहीमा राष्ट्रिय जनमोर्चाको टोलभेला सम्पन्न भएको छ ।

राजमो झिमरुक पालिका समितिका सचिव खिमबहादुर विकको प्रमुख आतिथ्यमा २०८० असोज १३ गते शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

भेलालाई राजमो नेता एवम् ३ नम्बर वडाअध्यक्ष मीनबहादुर खत्री र राजमो ३ नम्बर वडाअध्यक्ष नवराज केसीले सम्बोधन गर्नुभएको थियो ।

भेलाले राजेन्द्र सार्कीको नेतृत्वमा १३ पर्ण र चार सल्लाहकारसहितको राजमोको टोल समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा रुद्रबहादुर महतारा, सचिवमा सुनिता महत, सहसचिवमा शिवबहादुर महतारा र कोषाध्यक्षमा चन्द्रकला थापा रहनुभएको छ ।

त्यस्तै, सदस्यहरूमा चुमा सामत, सुता सामत, कमला सामत, सुनिता सामत, रुमा सामत, जबुना सामत, बाटुला सामत र भीमकली सार्की रहनुभएको छ ।

भेलाले रेकमबहादुर महतारा, खिमबहादुर थापा, पूर्णबहादुर सामत र जीवराज पोख्रेल रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार