देशको शिक्षा ध्वस्त हुदैछ : आचार्य

काठमाडौँ । ‘शिक्षालाई स्थानीय निकाय तथा प्रदेशको अधीनमा राख्ने हो भने अबको केही दिनमा देशले लम्पट झोले बाहेक एउटा पनि सभ्य नागरिक उत्पादन गर्न नसक्ने’ संविधानविद् भीमार्जुन आचार्यले बताउनुभयो । प्राइम टेलिभिजनसँगको अन्तरवार्तामा वहाँले ‘त्रिभुवन विश्वविद्यालयलाई ध्वस्त पारिएको छ । त्यस्तै देशलाई शिक्षाको माध्यमबाट ध्वस्त पारिन लागिएको’  बताउनु भयो ।

‘हरेक स्थानीय निकायमा अलग अलग पार्टीको सरकार छ । ती निकायहरूलाई शिक्षाको स्वरूप निर्धारण गर्न दिने हो भने शिक्षाको पहिचान नै समाप्त हुने’ संविधानविद् आचार्यले भन्नुभयो – ‘युवा र विद्यार्थी, देशको सबैभन्दा ठुलो जनशक्ति हो । तर देशमा भविष्य छैन भन्दै भ्रष्ट राजनीति गर्नेहरू क्रियाशील भएको र शिक्षा प्रणालीलाई पनि त्यसरी नै ध्वस्त पार्न लागिएको छ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार