सुरत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समितिलाई लामो समयदेखिको परयत्न पछि नगर कार्यलय उद्घाटन गरिएको छ । कार्यक्रमको सञ्चालन नगर सदस्य पुणर् सिंह ठकुरीले र अध्यक्षता सुरत नगर अध्यक्ष किशोर ताम्राकारले गर्नुभएको थियो ।
कार्यालयको उद्घाटन केन्द्रीय सदस्य कृष्ण कुँवरले दिप प्रज्वलीत गरि गर्नुभएको थियो । कुँवरले संगठन निर्माण र स्थायीत्वको लागि कार्यालयको खाँचो हुने बताउनु भयो । ‘संगठनको वृहत्तर विस्तार र उचित व्यवस्थापनको लागि कार्यालयको आवश्यकता हुन्छ ।’ कुँवरले भन्नु भयो- ‘सुरत नगर समितिले कार्यालय सञ्चालन गर्ने आँट गरेको छ, त्यो सह्रानीय कार्य हो छ ।’
त्यस्तै केन्द्रीय सचिव एवं पश्चिम भारत क्षेत्रीय अध्यक्ष वेद बहादुर कार्की, क्षेत्रीय सदस्य धु्रबराज न्यौंपाने, पुणर्सिंह बिक, प्रकाश जनला, क्षेत्रीय महिला विभाग सदस्य लक्ष्मी ताम्राकार, सुरत महिला विभाग संयोजक शान्ति तिरुवा लगाएतले आतित्थ्यता एवं मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा सहभागिहरुलाई नगर सचिव टंक शाहले मन्तव्यद्धारा स्वागत गर्नु भएको थियो । नगर सदस्य भिम साउद लगाएत सबै अतिथिहरुले शुभकामनाका साथ आफ्नो भनाइ राख्नु भएको थियो ।