मूल प्रवाहको सहयोगमा दाहसंस्कार

धर्म सुनार प्युठानी

रोहतक, १४ दिसम्बर । हरियाणाको बहादुरगढमा मृत्यु भएका किसन बस्नेतको अन्तिम संस्कार गरिएको छ । भुमिकास्थान नगरपालिका वडा नं ६ अर्घाखाँची जिल्लाका जनक बस्नेतका छोरा किसन बस्नेत बहादुरगढमा काम गर्दै आएका थिए । यही १२ दिसम्बरको राति झुण्डिएर आत्महत्या गरेको समाचार मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा १३ दिसम्बरको दिन प्राप्तभएको थियो ।

खबर पाए लगत्तै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगर समितिका अध्यक्ष सुभाष गौतमले घटनाको जानकारी लनुभएको थियो । उहाँको आफन्त घरपरिवार र साथीभाइको साथमा १४ दिसम्बरका दिन सिविल हस्पिटल बहादुरगढमा पोस्टमार्टम गरी रोहतक नगर समितिका कार्यकर्ताहरु र आफन्तको उपस्थितिमा उनको अन्तिम दाहसंस्कार गरिएको छ ।

स्थानीय प्रशासनको अनुसार मृतकको मानसिक अवस्था कमजोर भएका कारणले यस्तो खालको घटनाभएको बुझिएको छ । उनको उमेर करिब ५० बर्ष अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार