भोपाल, १८ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भोपाल अंतरगत बैरागढ एरिया समिति गठन भएकोछ ।
केशव खड्काको पहल कदमीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भोपाल अंतरगत बैरागढ एरिया समितिको प्रथम भेलाद्वारा केशव खड्काको अध्यक्षतामा ११ सदस्यीय बैरागढ एरिया समिति गठन भएको छ । जसमाः उपाध्यक्ष- कमल जिएम, सचिव- धन बहादुर, सहसचिव- पबित्रा राना, कोषाध्यक्ष- बिजय राना, सदस्यहरुमाः कमल शाहि, जीवन जिएम, रामप्रसाद, रबि सूनार रहनु भएको छ । त्यस्तै सल्लाहकारमाः प्रकाश क्षेत्री र संतोष शाही रहनु भएको छ ।
भेलाको अध्यक्षता केशव खड्काले र संचालन धन बहादुरले गर्नुभएको थियो । उक्त कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य उत्तर भारत क्षेत्रीय समितिका सदस्य अर्जुन जिएम, मध्य-उत्तर भारत क्षेत्रीय महिला बिभागबाट सोनु थापा, भोपाल नगर समितिबाट रमेश रानाको बिषेस उपस्थिति थियो ।
नवनिर्वाचित अध्यक्ष केशव खड्काले प्रतिवद्धता व्यक्त गरेपछि रमेस राना, सोनु थापाले शुभकामना ब्यक्त गर्नु भएको थियो ।