दैलेख । भैरवी गाउँपालिका ७ कुसापानीमा दैलेख नारायण क्याम्पसका नेबिसंघका कोषाध्यक्ष रिता शाहीको नेतृत्वमा दर्जनौं विद्यार्थी अखिल (छैठौं) मा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई राष्ट्रिय जनमोर्चाको कर्णाली प्रदेश अध्यक्ष भरत शाहीले राजमोको सदस्यता दिएर स्वागत गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै विद्यार्थी नेत्री रिता शाहीले कांग्रेसको राजनीतिले मुलुक उँभो नलाग्ने भएकोले राजमोमा प्रवेश गरेको बताउनु भयो ।
राजमोले सञ्चालन गरेको संगठनात्मक अभियानका क्रममा कुसापानीलगायत विभिन्न स्थानमा राजमो प्रवेशको लहरै चलेको छ ।