वापीमा संयुक्त सम्मेलन तयारी भेला सम्पन्न

निखिल रावत

वापि । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने वापि पुर्व, वापि पश्चिम, दमन र सिलवासा नगर समितिको संयुक्त सम्मेलन तयारी भेला सम्पन्न भएको छ । कृष्ण कुंवरको अध्यक्षता र प्रविन काउछाको सञ्चालनमा अगाडी बढेको भेलामा केन्द्रीय सचिवालय सदस्य धनवीर पुन प्रमुख अतिथि रहनुभएको थियो ।

त्यस्तै केन्द्रीय सचिव तथा पश्चिम भारत क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्की, केन्द्रीय सदस्य रमकला काउछा, श्रीधर शर्मा, क्षेत्रीय उपाध्यक्ष बाबुराम दहित, क्षेत्रीय महिला बिभाग संयोजक बिष्णुमाया शर्मा, वापि पश्चिम नगर अध्यक्ष निखिल रावत, दमन नगर अध्यक्ष सेर बहादुर बिक, सिलवासा नगरबाट मान बहादुर थापा, क्षेत्रीय सचिवालय सदस्य गन बहादुर राना हुनुहुन्थ्यो । भेलामा ज्ञात-अज्ञात सहिदहरु प्रति एक मिनट मौन धारण गरि श्रद्वाञ्जली अर्पण गरिए पछि देवेन्द्र रावलले स्वागत मन्तव्यबाट सहभागी सबैलाई स्वागत गर्नुभएको थियो ।

भेलामा चार नगर समितिको सम्मेलनको घोषणा सभा संयुक्तरूपमा गर्ने निणर्य गरियो । सम्मेलनलाई भव्य रूपमा सफल पार्न कृष्ण कुँवरको संयोजकत्वमा १२५ सदस्यीय संयुक्त नगर सम्मेलन तैयारी गठन गरिएको छ । सम्मेलनको व्यवस्थापिय कार्यलाई व्यवस्थित गर्न कृष्ण कुंवरको संयोजकत्वमा ११ सदस्यीय सम्मेलन व्यवस्थापन मूल समिति गठन गरिएको छ । जसमाः अन्य सदस्यहरू सदस्य निखिल रावत, प्रविन काउछा, देवेन्द्र रावल, जितु ठकुल्ला, मान बहादुर थापा, सेर बहादुर बिक, गन बहादुर राना, बिष्णुमाया शर्मा रहनु भयको छ ।

भेलाले विभिन्न उपसमिति पनि गठन गरेको छ । जसमाः प्रविन काउछाको संयोजकत्व मा ५ सदस्यीय आर्थिक समिति, निखिल रावतको संयोजकत्व मा ५ सदस्य सांस्कृतिक समिति गन बहादुर रानाको संयोजकत्वमा ९ सदस्य स्वयंसेवक समिति, हरि काउछाको संयोजकत्वमा ९९ सदस्यीय प्रचार प्रसार समिति गठन गर्दै गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार