वीर अस्पतालबाट डिस्चार्ज भएकाले मित्रलाल अङ्कलको जेठोछोरा र श्रीमतीले सामान मिलाउँदै हुनुहुन्थ्यो । आनन्दजी डिस्चार्जको प्रक्रिया मिलाउन लाग्नुभयो । यता, क्याबिनमा मित्रलाल अङ्कलले बुटवलको सम्मेलनको कुरा सोध्नुभएको थियो । उहाँ राष्ट्रिय जनमोर्चाको सम्मेलनको सिलसिलामा बाइक दुर्घटना हुँदा छातीका करङ फ्याक्चर भएर वीरमा भर्ना हुनुभएको थियो ।
मित्रलाल अङ्कलको श्रीमती र कान्छो छोरा विकास दाइ हस्पिटलमा भर्ना हुँदा लिएका सामान लिएर कलङ्की कोठामा जाने कुरा भयो । जेठो छोरा ज्ञानुदाइ, आनन्दजी, केबिीव अङ्कल, भीष्म र म भएर उहाँलाई गङ्गालाल लैजाने कुरा भयो । मित्रलाल अङ्कलको श्रीमती रुँदै हस्पिटलबाट निस्कनु थाल्नुभयो । सम्झाउँदै अङ्कलले ‘किन रुन्छ्यौँ ? साँझ त म आइहाल्छु’ भन्नुभयो ।
वीरबाट बाहिर निस्कँदासम्म मित्रलाल अङ्कलले हामीलाई धेरैचोटी हसाउनुभयो । बाहिर गेटमा आउँदासम्म पनि नर्सलाई जिस्काउँदै निस्कनुभयो । अङ्कलले हामीलाई हसाउँदै हुनुहुन्थ्यो । उहाँलाई ट्याक्सीमा राखेर हामीले गङ्गालाल लग्यौँ । त्यहाँ इमर्जेन्सीमा देखाउने कुरा भयो । अङ्कललाइ इमर्जेन्सीभित्र राखेर हामी बाहिर बस्यौँ । उहाँ भित्र छिर्ने बेलासम्म पनि अनुहारमाको चमक उत्तिकै शालीन, धैर्य र हँसिलो नै थियो ।
करिब साढे पाँच बजेतिर हामीले उहाँलाई गङ्गालाल हस्पिटल पुराएका थियौँ । भित्र गएको करिब १५ मिनेटमै डाक्टरहरूले हामीलाई थुप्रै औषधि ल्याउन लगाए । त्यतिबेलासम्म केसीजी, मोहनजी, मनोजजी, दुर्गाजी, मीनाजीहरू आइपुग्नुभएको थियो ।
इमर्जेन्सीभित्र छिराएको आधा घण्टापछि उहाँको अवस्था गम्भीर भएको कुरा डाक्टरले हामीलाई बताउन थाले । केसीजीले थप उपचारको लागि वरिष्ठ डाक्टरको खोजीमा लाग्नुभयो । हामी सबै आत्तियौँ । करिब हस्पिटल लगेको एक घण्टामा नै मित्रलाल अङ्कलको दुःखद निधन भयो । हाम्रा सम्पूर्ण प्रयासहरू असफल भए । वास्तवमा त्यो राती नै उहाँलाई हर्ट अट्याक भइसकेको रहेछ ।
अङ्कलले हाँस्दाहाँस्दै संसार त्याग्नुभयो । हामीलाई झुक्काउनुभयो । हामी गङ्गालालको बाहिर भावविह्ल भयौँ । आँखा सबैका भिजे । एकैछिनमा त्यो दुखद खबर देशविदेशभरि भयो । काठमाडौँमा रहेका हाम्रा धेरै साथी र उहाँका आफन्तजन जम्मा हुनुभयो । हस्पिटलको वातावरण नै शोकाकुल भयो ।
श्रमजीवी वर्गको मुक्ति अभियानका अथक योद्धा, तत्कालीन अन्तर्राष्ट्रिय नेपाली एकता समाज तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष, पार्टीका एक खम्बा, निकै बोल्ड र जिम्मेवार व्यक्तित्वको दुःखद निधन भयो । सालिन र भद्र नेता, पार्टीको एउटा कुशल अभिभावकलाई हामीले सदासदाका लागि गुमायौँ । त्यो क्षण अहिले पनि मेरो मनसपटलमा छ । मन सिरिङ्ग हुन्छ । नमिठो यादले पोल्छ ।
मित्रलाल अङ्कल यो संसारमा हुनुहुन्न । तर उहाँको पार्टीप्रतिको योगदान, उहाँले जीवनपर्यन्त राखेका विचार अहिले पनि प्रेरणादायी छन् । उहाँको आस्था र बोकेको विचार हाम्रा लागि मार्गदर्शन हुन् । हामीले हजुरलाई भुलेका छैनौँ । हामी सम्झिरहने छौँ । हजुरले देखाएको बाटोमा अविचलित हिडिरहने छौँ । तपाईको अभाव त खड्किरहेको छ, खड्किरहने छ । हार्दिक श्रद्धाञ्जली का. मित्रलाल शर्मा ।
दिल्ली, 3 जुलाई 2025 मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दिल्ली...
सुरत गुजरात, 4 जुलाई 2025 मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...
बिकाश ठकुरी , भिवानी 29 जुन 2025 मुल प्रवाह अखिल भारत नेपाली एकता...
वर्धा नागपुर, 3 जुन 2025 चेन्नईबाट नेपाल फर्कने क्रममा, महाराष्ट्रको नागपुर नजिकैको...
नयाँदिल्ली । नयाँदिल्लीमा सार्वजनिक कार्यक्रमका लागि तोकिएको स्थल जन्तरमन्तरलाई सीमित गरिएपछि भारतका...
भिवाडी भारतको राजस्थानको भिवाडीमा झण्डै 50 वर्षिय नेपाली गम्भीर बिरामीको अवस्थामा हुनु...
नई दिल्ली 29जुन 2025 मुल प्रवाह अखिल भारत नेपाली एकता समाज नई...
खिमराज चालिसे चंडिगढ २९ जुन २०२५ चंडिगढ भारतको चंडिगढ सेक्टर ३३ मा कार्यरत...
नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति...
धनवीर पुन मगर/गोविन्दकुमार शर्मा, काठमाडौं । इरान र प्यालेस्टाइनमाथि इजरायल र...
मूलप्रवाह नेपाली एकता मिडिया प्रा.लि.
सुचना विभाग : ३५९७-२०७९/८०
दर्ता नम्बर : २७०२५६/०७८/०७९
अध्क्ष्य : ठाकुर खनाल
सम्पादक : निशा खनाल
सहसम्पादक : धनवीर पुन मगर
समाचार संमयोजक : खिमराज चालिसे
G350/17, 17ft Road, Mb Extn.
Badarpur New Delhi-11044
Ph. No. 011-29891544,
Email : moolpravah@gmail.com
© 2025 All right reserved Site By : Himal Creation
सुवाश संयम
आजभन्दा ठिक ४ वर्षअघि आजकै दिन (२०७२ फागुन १३ गते) म बागबजारको पुस्तक सेन्टरमा थिएँ । दिउँसो करिब ४ बजेको थियो । मोहनजीले फोन गर्नुभयो– तिमी तुरुन्त वीर हस्पिटलमा जाऊ, मित्रलालजीलाई बढी समस्या भयो रे ! त्यहाँ हाम्रो अरू साथी कोही छैन ।
म दौडेरै एकैछिनमा मित्रलाल अङ्कललाई राखेको वीर अस्पतालको क्याबिनमा पुगेँ । क्याबिनमा पुग्दा मभन्दा अघि नै आनन्दजी पुगिसक्नुभएको रहेछ, मोहनजीले भनेर नै । क्याबिनमा पुग्दा मित्रलाल अङ्कल बेडमा बसेर बोलिरहनुभएको थियो ।
मैले सोधेँ– अङ्कल कस्तो छ ? उहाँले ठिक छ, छाती अलिकति दुखेको छ, राती सास फेर्न अलि अप्ठ्यारो भयो, यहाँ त डक्टरले डिस्चार्ज गरेको छ तर एकचोटी गङ्गालाल गएर मुटु हेर्नू भनेको छ भन्नुभयो ।
स्थिति त्यति गम्भीर लागेन । मन अलि शान्त भयो । मैले मोहनजीले त धेरै आत्तिएर फोन गर्नुभएको थियो भनेँ । आनन्दजी पनि दौडेरै आउनुभएको रहेछ । एकै छिनमा केबी थापा अङ्कल पनि आउनुभयो ।
मित्रलाल अङ्कलले हाँस्दै ‘मोहनजी स्वास्थ्यको धेरै ख्याल गर्नुहुन्छ, मैले राती सास फेर्न गाह्रो भएको कुरा गरेको थिएँ, डाक्टरले गङ्गालाल जान भनेको कुरा पनि गरेको थिएँ, त्यसैले आत्तिनुभयो होला भन्नुभयो ।