करनाल नगर समितिको १७औं सम्मेलन सम्पन्न

करनाल, २०-२१जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज १७औं नगर सम्मेलन सम्पन्न भएको छ । संचालन -मान सिंह जिसि र टिकाराम बिकको अध्यक्षताबाट अगाडि बढेको उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य एवं पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष शालिकराम आचार्यको प्रमुख आतित्थ्यतमा सम्पन्न भएको थियो ।

त्यस्तै केन्द्रीय सदस्य विक्रम सिंह राणा, केन्द्रीय सदस्य एवं क्षेत्रीय सचिव शिव केसी, संयोजक पश्चिमोत्तर क्षेत्रीय साँस्कृतिक विभागका संयोजक पहल सिंह परियार लगायतको आतित्थ्यता रहेको थियो । ज्ञात अज्ञात शहिदहरुको सम्मानमा एक मिनेट मौनधारण पछि फूलमायाँ जिसीले स्वागत गर्नुभएको थियो ।

प्रमुख अतिथि आचार्यले द्विप प्रज्वलित गरि सम्मेलनको विधिवत उद्घाटन गर्नुभएको थियो । प्रगति प्रतिवेदन टिकाराम बिकले र आर्थिक प्रतिवेदन भोजराज बिकले प्रस्तुत गर्नुभएको थियो । नयाँ समितिको प्यानल शिव केसीले प्रस्तुत गर्नुभएको थियो ।

घोषणा सभाः
बिक्रम सिंह राणाको सञ्चालन एवं मान सिंह जिसिको अध्यक्षताबाट अगाडि बढेको सो सम्मेलनको घोषणा सभामा केन्द्रीय सदस्य एवम क्षेत्रीय अध्यक्ष शालिकराम आचार्यको प्रमुख आतित्थ्यता र केन्द्रीय सचिवालय सदस्य धनवीर पुनमगरको विशिष्ट आतित्थ्यता रहेको थियो ।

त्यस्तै केन्द्रीय सदस्य एवं क्षेत्रीय सचिव शिव केसी, क्षेत्रीय सदस्य गोबर्धन बिक, क्षेत्रीय सदस्य एवं भिनावी नगर समितिका अध्यक्ष डिल बहादुर भट्टराई, क्षेत्रीय साँस्कृतिक विभागका संयोजक पहल सिंह परियार, क्षेत्रीय महिला विभाग फूलमाया जिसी, क्षेत्रीय बिद्यार्थी समितिबाट इसा केसी, नयी दिल्ली नगर समितिबाट विष्णु खनाल लगायतले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।

रक्तिमका कलाकारहरूद्धारा श्रद्धाञ्जली गीत प्रस्तुत पछि टिकाराम बिकले स्वागत मन्तव्य दिनुभएको थियो । तत्पश्चात कलाकारहरूले गीत-संगितद्धारा भव्य स्वागत गरेका थिए ।

नव निर्वाचित समितिको घोषणा- शिव केसीले गर्नुभएको थियो । जसमाः अध्यक्ष- भोजराज बिक, उपाध्यक्ष- फूलमाया जिसि, सचिब- टिकाराम बिक, उपसचिब- रामकुमार थापा, कोषाध्यक्ष – मानसिंह जिसि, सदस्य- बिक्रम सिंह राणा, सदस्य- राम बहादुर नेपाली, सदस्य- लालबहादुर बस्नेत
सदस्य- बिष्णु पन्थी, बैकल्पिक सदस्यमाः गोविन्द सारु, भुपेन्द्र राना, बाबुराम नेपाली सल्लाहकारमाः हरि सिंह चौहान, प्रेम बहादुर थापा र गोपाल वर्मा रहनुभएको छ ।

नगर महिला विभाग,
संयोजक- फूलमाया जिसि, सदस्यमाः- सुनिता मल्ल, मिना बस्नेत, सीता केसी, सारदा खड्का बिक, गिता बस्नेत, उर्मिला बिक, मधु पोख्रेल, सुस्मिता अधिकारी, कमला परियार र रितु जिसी रहनुभएको छ । नगर महिला विभाग घोषणा गोवर्धन बिकले गर्नुभएको थियो ।

नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिंदै प्रमुख अतिथि शालिकराम आचार्य समग्र प्रवासी नेपालीहरू मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा आवद्ध हुनुपर्नेमा जोड दिनुभएको थियो । ‘भारतस्थित प्रवासी नेपालीहरूको अभिभावक संगठनको रुपमा स्थापित संगठनको हैसियतले मूल प्रवाहले आफ्नो गतिविधि अगाडि बढाइरहेको छ ।’ आचार्यले भन्नुभयो- ‘प्रवासी नेपालीहरुको मताधिकार होस् वा उनिहरुको हकहित तथा रक्षाको सवालमा मूल प्रवाह एकल रुपमा निरन्तर संघर्षरत छ ।’

त्यस्तै विशिष्ट आतिथि धनवीर पुनमगरले ‘प्रवासी नेपालीहरुको मताधिकारको आवाज उठाउन थालेको पनि लामो सयम भयो तर नेपाल सरकारले कानमा तेल हालेर बसेको छ । कुनै पार्टीको एउटा नेता वा कार्यकर्तालाई समस्या पर्दा प्रवासी नेपालीहरुले धन पठाउनु पर्ने तर उनीहरुलाई मताधिकार दिनको लागि सरकारले मन बनाउनु नपर्ने ?’ वहाँले अगाडि भन्नु भयो- ‘हामीले पटक पटक राज्यको त्यसबारेमा ध्यानाकर्षण गराइरहेका छौं, जबसम्म प्रवासी नेपालीहरुलाई मताधिकारको व्यवस्था गरिंदैन त्यतिवेलासम्म हाम्रो यो आन्दोलनको रोकिने छैन ।’

अतिथिहरू शिव केसी, गोबर्धन बिक, डिल बहादुर भट्टराई, पहल सिंह परियार, विष्णु खनाल लगायतले बधाई तथा शुभकामना दिनुभएको थियो ।

रक्तिम साँस्कृतिक टोली नयाँ दिल्लीका कलाकारहरुद्धारा भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार