सुनिता रास्कोटीमगर
जुठापौवा,पाल्पा,हाल भिवानी हरियाणा!!
१) शोरकार समान्तको गर्छौ हामी सामना,
एकासि साल जितको शुभकामना !!
२)बर्ष दिनमा आउँछ तिज दिदिबहिनी दाजुभाइ ,
एउटा सन्देश पुराई देउ हाम्रा नेतालाई !!
३)नत मेरो पढाई लेखाइ नत रुप रंग छ,
राजनीतिले छुन्छ मलाई कस्तो दङ्ग छ ।।
४)केही केहिको नसा लाग्छ हामि जस्ता नारीलाई,
देशको लागि चिन्ता छैन नेताहरुलाई !!
५)कहिले जुड्छन कहिले फुट्छन कहिले पाटी भाण्डाफोर,
नेपाल का नेता जति सबै अफ्सरबादी चोर।।
६)आफ्नै देशका आफ्नै नेता कति गरौँ बयान ,
पाटी भित्र नेता फुट्ने मिलन भयन !!
७) पचण्ड पनि दैब रैछन ओलि झन दादा हो,
देउवा पनि लटर पटर बोल्ने आध हो?
८) एम सि सि पास गरे भागबिलो खाईसके,
तेसै माथी नागरिता नि बेच्न लाईसके!!
९) उठौ अभ नारी पुरुष सबै एकजुट भएर,
डराउदैनौ हिड्छौ हामी नारालाएर।।
१०) जन्मे पछि मर्नै पर्छ यो धर्तीमा आएअर,
मर्न परेनी मर्छौ हामी गोलि खाएर।।
११) यति खबर पुराई दिनु हाम्रा देशका नेतालाई ,
अङ्ग्रेजलाई नि जितेका हुम हेर इतिहास लाई।।बरिलै हेर इतिहासलाई,,,,,,?
धन्यवाद !!