प्युठान, १० असोज । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सल्लाहकार खगेश्वर सुनारकी ममतामयी आमाा स्व. धनी सुनारको दशौं स्मृती कार्यक्रम सम्पन्न पारिएको छ । स्मृती कार्यक्रम कृष्ण आधारभुत विद्यालय माण्डवी ३ मार्सिबाङमा सम्पन्न भएको हो । कृष्ण बहादुर सुनारको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा अतिविपन्न र जेहेन्दार तीन जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
अक्षयकोषका संरक्षक खगेश्वर सुनारले आफ्नो आमाको मृत्यु भएपछी परम्परागत काजक्रिया र नगरि दान दक्षिणा बहिष्कार गरि आमाको संझनामा अक्षयकोष खडा गर्नुभएको छ । उक्त अक्षयकोष कृष्ण आधारभुत बिद्यालय मार्सिबाङमा स्थापित भई र बिगत दश बर्षदेखि नियमित बिद्यालयमा स्मृति कार्यक्रम गरि अति बिपन्न र जेहन्दार बिद्यार्थीहरुलाई पुरस्कृत गर्दै आएको खगेश्वर सुनारले हामीलाई बताउनु भयो ।
पुरस्कृत हुनेहरूमा कक्षा ३ का प्रसान्त नेपाली, कक्षा ८ का रोशन पुन र कक्षा ४ का मिलन दमाई रहेका छन् । जस मध्य कक्षा ८ का रोशन पुनलाई बिगत दश बर्षदेखी पठन पाठनमा उक्त अक्षयकोषका संरक्षक खगेश्वर सुनारले सहयोग गर्दै आउनुभएको छ ।
उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चाका लिल बहादुर राउत, नेकपा (माओवादी केन्द्र) का रिम बहादुर खनाल, जितामित्र सुनार, खगेश्वर सुनारका माहिलो छोरा रबी सुनार, समाज सेवी तथा बि.ब्या.स. का पुर्व अध्यक्ष भेष बहादुर कुँवर, बि.ब्या.स. अध्यक्ष ईश्वर बहादुर खत्री र प्रधानाध्यापक काशीराम पोख्रेल मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता धनी सुनारकी बुहारी श्रीमती लक्ष्मी सुनारले गर्नुभएको थियो भने सञ्चालन शिक्षक मुक्त बहादुर राउतले गर्नुभएको थियो । स्वागत शिक्षक माधवा पोख्रेलले गर्नु भएको थियो । मृतक धनी सुनारको संझनामा एक मिनेट मौनधारण गरिनुका साथै सम्पुर्ण बिद्यालयका बिद्यार्थी, अतिथि, शिक्षकहरू र आगन्तुक पाहुनाहरुलाई खिर खुवाइएको थियो ।