काठमाडौं । वरिष्ठ साहित्यकार, नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको बहुप्रतिक्षित उपन्यास ‘का. जलजला’ को विमोचन मिति निश्चित भएको छ ।
जलजला आगामी मंसिर १५ गते विमोचन गरिने सिंहकी पत्नी एवम् राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिनुभएको छ । पौडेलका अनुसार का. जलजलाको छपाई भोलि (कात्तिक ११) गतेदेखि जनशिक्षा गृहबाट हुँदैछ ।
पौडेलले युगदर्शनलाई दिनुभएको जानकारी अनुसार विमोचनका दिन ४० प्रतिशत छुटसहित पुस्तक उपलब्ध गराइने छ । पुस्तक लिन चाहने व्यक्ति वा विक्रेताहरूले ९८५११९८८१० मा फोन गर्न वा paudeldurga21@gmail.com मा इमेल गर्न सक्नेछन् ।