मूल प्रवाहको भारत ब्यापी प्रगतीशिल देउसी भैलो कार्यक्रम

नई दिल्ली, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले विगतका वर्ष जस्तै यो वर्ष भारत ब्यापी प्रगतीशिल देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम सम्पन्न गर्न केन्द्रिय समिति देखी टोल समिती सम्मका नेता कार्यकर्ता, कलाकार, समर्थक, शुभ चिन्तकहरुले उत्साह जनक भुमिका निर्वाह गरेका छन् । कैयौं नगरमा परम्परागत रुपमा घर दैलोमा पुगी देउसी भैलो सहित शुभकामना आदान प्रदान गर्ने गरिन्छ भने कैयौं नगरहरुमा संयुक्त रुपमा कार्यक्रम आयोजना गरि गर्ने गरिन्छ ।

पश्चिमोत्तर क्षेत्र अन्तरगत नई दिल्ली, फरिदाबाद, गुरुग्राम, भिवाडी, भिवानी, रोहतक, सोनीपत, आगरा, दिल्ली, जयपुर उत्तर, जयपुर दक्षिण, करनाल आदी नगरहरूमा सुदुर पश्चिमोत्तर क्षेत्र अन्तरगत चण्डीगढ, पंचकुला डेरावासी, अम्बाला, जालन्धर, लुधियाना फोकल प्वाइन्ट, लुधियाना सिटी, रोपड, संगरूर, बठिण्डा, पटियाला, श्रीगंगानगर बिकानेर आदी नगरहरूमा मध्य उत्तर क्षेत्रीय समिति अन्तरगत भोपाल कानपुर पश्चिम भारत क्षेत्र अन्तरगत सुरत, सचिन, वापी पूर्व, वापी पश्चिम, दमन, सिलवास आदी नगरहरूमा भैलो कार्यक्रम संचालन भएको समाचार प्राप्त भएको छ । दक्षिण भारत क्षेत्र अन्तरगत बैग्लोर उत्तर, बैग्लोर दक्षिण, पाण्डेचेरी, निलगिरी नेल्लोर आदी नगरहरूमा सम्पन्न भएको समाचार प्राप्त भएको छ ।

मध्य दक्षिण भारतको हैदराबादमा 7 नोवेम्बर 2024का दिन मूल प्रवाहको स्थापना दिवस र प्रगतिशिन भैलो कार्यक्रम संयुक्त आयोजना हुने जासनकारी क्षेत्रीय अध्यक्ष राम प्रसाद पौडेलले गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार