बेंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय सदस्य मान बहादुर विक, क्षेत्रीय सदस्य तथा बेंगलोर दक्षिण नगर समितिका उपाध्यक्ष परमानन्द खडायत सदस्य बलराम कोली पहलमा विटीयाम लेउट एरियाको भेला २२ सितम्बर २०२२ दिन सम्पन्न भएको छ । बलराम कोलीको अध्यक्षता र मनोज कुमार विकको सञ्चालन पछि ज्ञात अज्ञात सहिदहरूको सम्मानमा एक मिनट मौनधारण पछि उपस्थित सम्पूर्णलाई शब्दबाट माया कोलीले स्वागत गर्नुभएको थियो ।
प्रमुख अतिथि परमानन्द खडायतले मूल प्रवाहको बारेमा स्पष्ट गर्नु भएको थियो । अन्य अतिथिहरूले पनि आ–आफ्नो तर्फबाट शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । भेलाले बलराम कोलीको अध्यक्षतामा १३ पूर्ण ३ वैकल्पिक र ३ सल्लाहकार गरी १९ सदस्यीय समिति चयन गरेको छ । जसमाः उपाध्यक्ष– विनोद कोली, सचिव– मनोज विक, सहसचिव– करिश्मा विक, कोषाध्यक्ष सावित्री विक, सदस्यहरूमाः मान बहादुर विक, हरीश विक, जानकी विक, माया विक, पार्वति विक जयन्ती कुमारी, राजकुमार बम, प्रगति विक, वैकल्पिक सदस्यहरूमाः देबकी विक, मोहन कोली, प्रतिभा विक, सल्लाहकारमा मोहन विक, गणेश विक, सुनिल विक चयन हुनुभएको छ । नयाँ निर्वाचित कार्यकारीलाई क्षेत्रीय सदस्य मान बहादुर विकले बधाई दिनुभएको थियो ।